साउदी भ्रमणमा रहेका ट्रम्पले भने : भारत-पाकिस्तानबीचको युद्ध नरोकेको भए लाखौं मानिस मारिन सक्थे

रियाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिकाको भूमिका दोहोर्याएका छन् । साउदी अरेबिया भ्रमणमा रहेका उनले रियादमा आयोजित साउदी–अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्ने क्रममा युद्धविरामको मध्यस्थता गर्न सफल भएकोमा खुसी व्यक्त गरे । राष्ट्रपति ट्रम्पले भारत–पाकिस्तानबीचको युद्ध नरोकेको भए लाखौं मानिस मारिन सक्ने अवस्था रहेको बताए । ‘मलाई युद्ध मन पर्दैन […]

May 14, 2025 - 08:39
 0
साउदी भ्रमणमा रहेका ट्रम्पले भने : भारत-पाकिस्तानबीचको युद्ध नरोकेको भए लाखौं मानिस मारिन सक्थे

रियाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिकाको भूमिका दोहोर्याएका छन् ।

साउदी अरेबिया भ्रमणमा रहेका उनले रियादमा आयोजित साउदी–अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्ने क्रममा युद्धविरामको मध्यस्थता गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

राष्ट्रपति ट्रम्पले भारत–पाकिस्तानबीचको युद्ध नरोकेको भए लाखौं मानिस मारिन सक्ने अवस्था रहेको बताए ।

‘मलाई युद्ध मन पर्दैन । यसैले मेरो सबैभन्दा ठूलो आशा शान्तिप्रिय मानिसलाई एकताबद्ध गर्ने व्यक्ति बन्नु हो,’ उनले भने, ‘केही दिनअघि मात्र मेरो प्रशासनले भारत र पाकिस्तानबीच बढ्दो हिंसा रोक्न ऐतिहासिक युद्धविरामको मध्यस्थता गर्न सफल भयो ।’

ट्रम्पले द्वन्द्व रोक्न आफूले व्यापारलाई व्यापक रूपमा प्रयोग गरेको बताए ।

उनले दुवै देश (भारत र पाकिस्तान) का नेताहरूलाई धेरै शक्तिशाली र बलिया नेताको रूपमा वर्णनसमेत गरेका छन् ।

यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले विशेषगरी दुई देशबीच युद्धविराम सम्झौता भएकोमा उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोको प्रशंसा गरे ।

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register