बागबजारमा युवतीको हत्या : नेपाल फर्किँदा पक्राउ परे आरोपी

काठमाडौं । बागबजारको गेस्टहाउसमा एक युवती मृत फेला परेको घटना प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २९ चैतमा बागबजारस्थित गेस्टहाउसमा नुवाकोटको सूर्यगढी नगरपालिका–१ घर भई काभ्रेस्थली नै बस्ने २८ वर्षीया विमला तामाङ मृत फेला गरेकी थिइन् । तामाङको हत्या आरोपमा धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका हुन् । घटनाको एक […]

May 14, 2025 - 08:39
 0
बागबजारमा युवतीको हत्या : नेपाल फर्किँदा पक्राउ परे आरोपी

काठमाडौं । बागबजारको गेस्टहाउसमा एक युवती मृत फेला परेको घटना प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२९ चैतमा बागबजारस्थित गेस्टहाउसमा नुवाकोटको सूर्यगढी नगरपालिका–१ घर भई काभ्रेस्थली नै बस्ने २८ वर्षीया विमला तामाङ मृत फेला गरेकी थिइन् ।

तामाङको हत्या आरोपमा धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका हुन् । घटनाको एक महिनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पन्तलाई मंगलबार दिउँसो नागढुंगाबाट पक्राउ गरेको हो ।

उनी भारतमा लुकिछिपी बस्दै आएका थिए । नेपाल फर्कँदै गरेको सूचनाका आधारमा पक्राउ गरी अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

पन्त पूर्व भारतीय सैनिक हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register