स्वार्थका लागि एनआरएनए विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनएलाई स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन् । एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा बोल्दै उनले एनआरएनए राजनीति गर्ने ठाउँ नभएको बताए । ‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन । एनआरएनए जस्तो संगठनलाई विभाजन गर्ने प्रयास सफल हुन सक्दैन । स्वार्थका लागि विभाजन गर्न मिल्दैन । यो कुनै पोलिटिकल […]

May 14, 2025 - 08:51
 0
स्वार्थका लागि एनआरएनए विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनएलाई स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन् । एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा बोल्दै उनले एनआरएनए राजनीति गर्ने ठाउँ नभएको बताए ।

‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन । एनआरएनए जस्तो संगठनलाई विभाजन गर्ने प्रयास सफल हुन सक्दैन । स्वार्थका लागि विभाजन गर्न मिल्दैन । यो कुनै पोलिटिकल पार्टीको संस्था होइन यसमा हामीले ध्यान दिनुपर्छ । यस समुदायका हकहितका कुराहरुसँग र देशका लागि के गर्न सकिन्छ त्यसमा यसको सम्बन्ध छ । कहाँ भोट हाल्छ भन्ने कुरासँग होइन । कहाँ भोट हाल्छ भन्ने आधारमा यस संस्थामाथि व्यवहार गरिनु हुँदैन, ’ ओलीले भने ।

साथै, उनले एनआरएनए संस्था एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था भएको बताए । उनले संस्थाको भलो चिताउने, यस संस्थाको एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै आफ्नो साथ रहने बताए ।

ओलीले भने, ‘यो एनआरएनए संस्था विवादित बनाउने, विवादास्पद बनाउने संस्था होइन । एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था हो यो नत्र भने यसका उदेश्यहरु पूरा हुन सक्दैनन ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register