रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई शुक्रबार इजलासमा उपस्थित गराउन आदेश दिएको छ । मिश्रको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोख्रेलको इजलासले यस्तो आदेश दिएको हो । गैरकानुनी रूपमा थुनामा राखिएको मिश्रको तर्फबाट श्रीमती सारिका कार्कीले मङ्गलबार रिट दायर गरेकी  थिइन् । रिटमा गृह मन्त्रालयलाई विपक्षी […]

May 14, 2025 - 09:33
 0
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई शुक्रबार इजलासमा उपस्थित गराउन आदेश दिएको छ ।

मिश्रको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोख्रेलको इजलासले यस्तो आदेश दिएको हो ।

गैरकानुनी रूपमा थुनामा राखिएको मिश्रको तर्फबाट श्रीमती सारिका कार्कीले मङ्गलबार रिट दायर गरेकी  थिइन् । रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको थियो ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिका सदस्य सचिवसमेत रहेका मिश्र गत चैत १५ गते पक्राउ परेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register