भारतीय सेना मनबहादुरको नियति : श्रीमती गुमाएको दुई वर्ष नपुग्दै आफू पनि अस्ताए (भिडिओ)

काठमाडौं । प्युठानको सरुमारानी गाउँपालिका–५ का मनबहादुर बरालको कहानीले यतिबेला सबैको मन पिरोलेको छ । उनी र उनको परिवारमाथि परेको बज्रपातले सायदै कसैको मन नरोला । सा vनैदेखि पढाइमा अब्बल रहेका मनबहादुरले नेपालमै केही गर्छु भन्ने सपना बोकेका थिए, तर समय र परिस्थितिले उनलाई भारतीय सेनामा लग्यो र अन्ततः त्यही सेवामा रहँदा उनको अकालमै निधन […]

May 14, 2025 - 13:30
 0
भारतीय सेना मनबहादुरको नियति : श्रीमती गुमाएको दुई वर्ष नपुग्दै आफू पनि अस्ताए (भिडिओ)

काठमाडौं । प्युठानको सरुमारानी गाउँपालिका–५ का मनबहादुर बरालको कहानीले यतिबेला सबैको मन पिरोलेको छ ।

उनी र उनको परिवारमाथि परेको बज्रपातले सायदै कसैको मन नरोला । सा vनैदेखि पढाइमा अब्बल रहेका मनबहादुरले नेपालमै केही गर्छु भन्ने सपना बोकेका थिए, तर समय र परिस्थितिले उनलाई भारतीय सेनामा लग्यो र अन्ततः त्यही सेवामा रहँदा उनको अकालमै निधन भयो ।

दुर्गाबहादुर र बुद्धिसराका जेठा छोरा मनबहादुर सानैदेखि पढाइमा अब्बल थिए । कृषि कर्ममा रमाइरहेका दुर्गाबहादुर आफ्ना छोरालाई सकेसम्म राम्रो शिक्षा दिन चाहन्थे । मनबहादुरका दुई भाइमध्ये एक जनाले सानातिना जागिर गर्छन् भने अर्का भाइ अझै पढ्दै छन् । ‘मेरो छोरा सानैदेखि मेहनती थियो, जहिले पनि नेपालमै केही गरौँ भन्ने सोच राख्थ्यो,’ दुर्गाबहादुर सम्झन्छन् ।

मनबहादुरले एसएलसीमा उत्कृष्ट अङ्क ल्याए र उनका बुवा पनि उनलाई राम्रो शिक्षा दिनको लागि वैदेशिक रोजगारीमा गए ।

मनबहादुरले साइन्स विषय लिएर माध्यमिक तहमा अध्ययन सुरु गरे । कक्षा १२ पढ्दै गर्दा उनले आफ्नो लक्ष्य परिवर्तन गरी भारतीय सेनामा भर्ती हुने इच्छा राखे । प्युठान, गुल्मी, बागलुङलगायतका जिल्लामा विशेषगरी मगर समुदायमा लाहुरे बन्ने परम्परा पुरानै हो । त्यसैले परिवारले पनि मनबहादुरको इच्छालाई नकार्न सकेन ।

२०७३ सालमा मनबहादुर चितवनमा आयोजित भारतीय सेनाको भर्ती क्याम्पमा सहभागी भए । पहिलो प्रयासमै छनौट भएपछि परिवारमा खुशीको सीमा रहेन । ०७४ सालमा उनी औपचारिक रूपमा भारतीय सेनाको ३ जीआर (३/३ गोर्खा राइफल्स) मा भर्ती भए । भारतीय सेनामा करिब तीन वर्ष बिताएपछि मनबहादुरले ०७६ सालमा मञ्जुसँग प्रेम विवाह गरे ।

प्रेम विवाह भएपनि दुवै परिवारले स्वीकृति दिएका थिए । ०७८ सालमा उनीहरूको सुमधुर दाम्पत्य जीवनमा छोरा युगान्तको आगमन भयो । घरमा खुशीको माहौल थियो, सबै राम्रै चल्दै थियो । तर, दैवको नियति बेग्लै थियो । ०८० साल मङ्सिरमा मञ्जुको अचानक बिरामी परेर मृत्यु भयो ।

‘बुहारीलाई के भएको थियो ठ्याक्कै थाहा भएन । उपचारको लागि कहिले चितवन, कहिले बुटवल गरेँ । ठीक नभएपछि भारतको आरआर हस्पिटलमा लग्यौँ, त्यहाँ लगेको नौ दिनपछि उनको मृत्यु भयो,’ दुर्गा बहादुरले दुःखी हुँदै बताए ।

मञ्जुको निधनले गहिरो आघात परेका मनबहादुर डेढ वर्षीय छोरा युगान्तको मुहार हेरेर आफ्नो पीडा भुल्ने प्रयास गर्थे । बीचबीचमा छुट्टी मिलेका बेला नेपाल आएर परिवारसँग समय बिताउँथे । कस्तो दुर्भाग्य श्रीमतीको मृत्यु भएको २ वर्षपछि जम्मु सिनागाबाट युद्ध भूमिमा जाँदै गर्दा मनबहादुरले पनि सवारी दुर्घटनामा ज्यान गुमाउनुपर्‍यो । त्यही दुर्घटनामा अन्य दुई भारतीय सेनाको पनि निधन भएको थियो ।

‘छोरासँग वैशाख १९ गतेसम्म फोनमा कुराकानी भएको थियो, २१ गते भारतबाट छोरा यो संसारमा नरहेको खबर आयो,’ दुर्गाबहादुरले भने ।

श्रीमती मञ्जुको मृत्युको दुई वर्ष नबित्दै मनबहादुरले पनि जीवनको अन्तिम श्वास फेरे । उनले भारतीय सेनालाई आठ वर्षसम्म सेवा दिए । चार वर्षीय युगान्तले न आमाको भरपूर माया पाए नत बुवाको । उनलाई त आमाबुवा कस्तो थिए के भएको हो भन्ने पनि याद छैन । बराल परिवारका सपना र आशाहरू धूलिसात भएका छन् ।

‘नातिलाई त केही थाहा छैन,अझै थाहा पाउने भएको छैन । अहिले आफ्नो ठूली ममीसँग बुटवल राखेर मन्टेश्वरी लगाइदिएका छौँ,’दुर्गाबहादुरले बताए ।

मनबहादुरको शव नेपाल ल्याउन सम्भव नभएपछि उनलाई बनारसमा दाह संस्कार गरिएको छ । उनलाई अन्तिम बिदाइ गर्न यताबाट छोरा युगान्तसहित सपरिवार बनारस गएका थिए ।

भारतीय सेनाले मनबहादुरलाई पूर्ण सैनिक सम्मानका साथ अन्तिम बिदाइ दिएको थियो । आज दुर्गाबहादुर र उनकी श्रीमती बुद्धिसरा बुहारी मञ्जु र छोरा मनबहादुरको अन्तिम निशानी ४ वर्षीय नाति युगान्तलाई हेरेर बसेका छन् ।

भिडिओ – 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register