हितेन्द्र भन्छन् – पाँच/सात मिनेट बत्ती जानु लोडसेडिङ होइन, स्मार्ट मिटरको ट्रिपिङ हो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पाँच/सात मिनेट बत्ती जानु लोडसेडिङ नभएर स्मार्ट मिटरको ट्रिपिङ भएको बताएका छन् । प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले लोडसेडिङ नहुनेसमेत स्पष्ट पारे । उनले भने, “वार्षिक औसत ८२५ वटा ट्रिपिङ भएको छ । हरेक ग्राहक लाई भएको छ । हुनसक्छ कुनै ग्राहकलाई हजार पटक भयो होला […]

May 2, 2025 - 10:07
 0
हितेन्द्र भन्छन् – पाँच/सात मिनेट बत्ती जानु लोडसेडिङ होइन, स्मार्ट मिटरको ट्रिपिङ हो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पाँच/सात मिनेट बत्ती जानु लोडसेडिङ नभएर स्मार्ट मिटरको ट्रिपिङ भएको बताएका छन् ।

प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले लोडसेडिङ नहुनेसमेत स्पष्ट पारे ।

उनले भने, “वार्षिक औसत ८२५ वटा ट्रिपिङ भएको छ । हरेक ग्राहक लाई भएको छ । हुनसक्छ कुनै ग्राहकलाई हजार पटक भयो होला कुनै ग्राहकलाई सय पटक भयो होला चैत्र मसान्तसम्म तर औसतमा ८२५ पटक ट्रिपिङ भएको रहेछ । यो तथ्याङ्कले बोल्छ । यो स्मार्ट मिटर हो कसैले ढाटेर ढाँट्न मिल्दैन । र यसको जम्मा अवरोध हेर्दा एक पटकमा ३७ मिनेट प्रतिअवरोध सालाखालामा बत्ति गएको देखिन्छ । र जम्मा ५०९ घन्टा औसतमा गएको छ ग्राहकमा । यसलाई विचार गर्नुपर्ने हुन्छ ।”

उनले थपे, “हामी अहिले पाँच/सात मिनेट बत्ती जाँदैमा सोसल मिडियामा व्यापक रुपमा लेख्छौं ।अब लोडसेडिङ गराउन लाग्यो भनेर । यो तथ्याङ्कलाई मनन गर्नुपर्छ । यो अवरोध लाई क्रमश कम गर्दै लैजाने छ । अहिले जसरी बत्ती जान लाग्यो बत्ती गयो भनेर यो एउटा संवेदनशीलता हो ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register