लुम्बिनीका एमाले सांसद पन्थीले बुझाए बिगो रकम, पक्राउ नगर्न अदालतको पत्र

लुम्बिनी । मोरङ जिल्ला अदालतले नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सांसद विष्णु पन्थीलाई पक्राउ नगर्न जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ । उनले धरौटी दाखिला गरेको बुधबार पत्रमार्फत जानकारी दिँदै अदालतले प्रहरीलाई पुर्जीबमोजिम कार्य नगर्न अनुरोध गरेको हो । सांसद पन्थीले बुधबार नै जिल्ला अदालत मोरङमा धरौटी दाखिला गरेका थिए । पन्थीका साथै व्यापारिक लेनदेन […]

May 15, 2025 - 03:09
 0
लुम्बिनीका एमाले सांसद पन्थीले बुझाए बिगो रकम, पक्राउ नगर्न अदालतको पत्र

लुम्बिनी । मोरङ जिल्ला अदालतले नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सांसद विष्णु पन्थीलाई पक्राउ नगर्न जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ ।

उनले धरौटी दाखिला गरेको बुधबार पत्रमार्फत जानकारी दिँदै अदालतले प्रहरीलाई पुर्जीबमोजिम कार्य नगर्न अनुरोध गरेको हो ।

सांसद पन्थीले बुधबार नै जिल्ला अदालत मोरङमा धरौटी दाखिला गरेका थिए ।

पन्थीका साथै व्यापारिक लेनदेन बिगो मुद्दामा पक्राउ पुर्जी जारी भएका गौतमबुद्ध हाइड्रो पावर प्रालि, काठमाडौंका सञ्चालक देवराज खनाललाई पनि पक्राउ नगर्न अदालतले पत्र पठाएको हो ।

‘वादी श्याम राठी प्रतिवादी गौतमबद्ध हाइड्रोपावर प्रालिसमेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा यस अदालतबाट २०८१ वैशाख ३१ मा भएको आदेशअनुसार प्रस्तुत मुद्दामा वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले यस अदालतमा बुधबार धरौटीमा दाखिला गरिसकेको हुँदा पत्र बमोजिम तपसिल बमोजिमका प्रतिवादीहरूलाई पक्राउ नगर्न नगराउन अनुरोध छ,’ अदालतले पन्थी र खनालको नाम उल्लेख गरेर पठाएको पत्रमा भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register