प्रधानमन्त्री भन्छन्– क्षमतावानलाई गभर्नर बनाउने पक्षमा छु

काठमाडौं । राष्ट्र बैंकको गभर्नरका लागि एक दर्जनभन्दा धेरै व्यक्तिको नाम चर्चा आएको र पछिल्लोपटक डा. विश्व पौडेलको नाममा सहमति भएको दाबी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने क्षमतावान व्यक्तिलाई गभर्नर बनाउने बताएका छन् । उनले गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताए । पूर्व योजनाकार […]

May 15, 2025 - 08:18
 0
प्रधानमन्त्री भन्छन्– क्षमतावानलाई गभर्नर बनाउने पक्षमा छु

काठमाडौं । राष्ट्र बैंकको गभर्नरका लागि एक दर्जनभन्दा धेरै व्यक्तिको नाम चर्चा आएको र पछिल्लोपटक डा. विश्व पौडेलको नाममा सहमति भएको दाबी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने क्षमतावान व्यक्तिलाई गभर्नर बनाउने बताएका छन् । उनले गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताए ।

पूर्व योजनाकार मञ्च नेपालको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्त्व दिन्छु ।’

प्रधानमन्त्री औपचारिक रूपमा क्षमताको विषय उठाए पनि डेढ महिनादेखि गभर्नर नियुक्ति नहुनुमा सत्ता रुढ दल एमाले र कांग्रेसबीचकोृ भागवण्डा नै मुख्य कारण रहेको खुलिसकेको छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पहिला राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र पछि विश्व पौडेलको नाममा सहमति भएको कांग्रेस नेताहरूले पुष्टि गरेका छन् । तर, प्रधानमन्त्री ओलीले भने क्षमतालाई हेर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको दाबी गरे । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register