देशका धेरै ठाउँमा वर्षा, एक-दुई स्थानमा हल्का हिमपातको पूर्वानुमान

काठमाडौं । देशका अधिकांश स्थानमा गए रातिदेखि वर्षा भएको छ। केही दिनयता बढेको गर्मीका कारण जनजीवन प्रभावित भएकोमा वर्षाले राहत मिलेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै बाँकी […]

May 16, 2025 - 02:22
 0
देशका धेरै ठाउँमा वर्षा, एक-दुई स्थानमा हल्का हिमपातको पूर्वानुमान

काठमाडौं । देशका अधिकांश स्थानमा गए रातिदेखि वर्षा भएको छ। केही दिनयता बढेको गर्मीका कारण जनजीवन प्रभावित भएकोमा वर्षाले राहत मिलेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भेगका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसका साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको समेत पूर्वानुमान गरिएको छ।

विभागले जनाएअनुसार हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको  खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव देखिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register