रवीन्द्र र धवललाई राजद्रोहको मुद्दा, म्याद थप्न न्यायाधीश महर्जनको इजलासमा पेश

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणाविरुद्ध राजद्रोहको मुद्दामा अनुसन्धानका लागि म्याद प्रक्रिया अघि बढेको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता गोकुलप्रसाद निरौलाका अनुसार नेताद्वयसहित ११ जनाविरुद्ध राजद्रोहको मुद्दा अघि बढाइएको हो । सरकारी वकिल कार्यालयबाट कानुनी प्रक्रिया पूरा गर्दै उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । काठमाडौं जिल्ला अदालतको […]

Mar 30, 2025 - 13:22
 0
रवीन्द्र र धवललाई राजद्रोहको मुद्दा, म्याद थप्न न्यायाधीश महर्जनको इजलासमा पेश

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणाविरुद्ध राजद्रोहको मुद्दामा अनुसन्धानका लागि म्याद प्रक्रिया अघि बढेको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता गोकुलप्रसाद निरौलाका अनुसार नेताद्वयसहित ११ जनाविरुद्ध राजद्रोहको मुद्दा अघि बढाइएको हो ।

सरकारी वकिल कार्यालयबाट कानुनी प्रक्रिया पूरा गर्दै उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । काठमाडौं जिल्ला अदालतको न्यायाधीश तारादेवी महर्जनको इजलासमा म्याद थप सम्बन्धी बहस जारी छ ।

यस्तै पक्राउ परेका अन्य ३१ जनाविरुद्द आपराधिक उपद्रवमा म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।

राजद्रोहको अभियोग पुष्टि भए अधिकतम २५ वर्षसम्मको कैद हुनसक्ने व्यवस्था छ । आपराधिक उपद्रवमा पाँच वर्षसम्म कैद हुनेछ । गत शुक्रवार राजावादीहरूको आन्दोलन हिंसात्मक बनेको थियो ।

आन्दोलनको क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोडसहित लुटपाट समेत भएका थिए । उक्त घटनामा दुई जनाको ज्यान गएको थियो । आन्दोलन हिंसात्मक बनाउन उक्साएको भन्दै मिश्र र राणा पक्राउ परेका थिए ।

तीनकुने घटनामा पक्राउ परेकाहरू जिल्ला अदालतमा पेश, हत्कडी लगाउँदा यस्तो देखिए रवीन्द्र (तस्वीरहरू)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register