बलिउड अभिनेत्री नोरा काठमाडौंमा, दुर्गेशसँग ‘विशेष प्रस्तुति’ दिँदै (तस्वीरहरू)

काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आएकी छिन् । ‘नोरा फतेही लाइभ इन नेपाल’का लागि उनी आज (शनिबार) काठमाडौं आइपुगेकी हुन् । क्यानेडियन नागरिक रहेकी नोराले आज साँझ बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने कार्यक्रममा प्रस्तुति दिनेछिन् । वल्र्डवाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले झण्डै ३ […]

May 17, 2025 - 07:45
 0
बलिउड अभिनेत्री नोरा काठमाडौंमा, दुर्गेशसँग ‘विशेष प्रस्तुति’ दिँदै (तस्वीरहरू)

काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आएकी छिन् । ‘नोरा फतेही लाइभ इन नेपाल’का लागि उनी आज (शनिबार) काठमाडौं आइपुगेकी हुन् ।

क्यानेडियन नागरिक रहेकी नोराले आज साँझ बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने कार्यक्रममा प्रस्तुति दिनेछिन् ।

वल्र्डवाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले झण्डै ३ करोड रुपैयाँ खर्च गरेका छन् ।

कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक–गायिकाले पनि प्रस्तुति दिने भएका छन् ।

कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, द भ्वाइस अफ नेपालकी चन्द्रकला राईलगायत ५ जनाले आफ्नो प्रस्तुति दिनेछन् ।

आयोजकका अनुसार नोरासँग गायक दुर्गेशले विशेष प्रस्तुति दिनेछन् ।

तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register