मदन भण्डारीको मृत्यु घटनाका अपराधीलाई नांगेझार पार्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाकाबारे उजागर हुनुपर्ने बताएका छन् । ३२औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दुई नेताको मृत्युका विषयमा बिभिन्न चर्चा हुने गरेको भन्दै त्यसलाई उजागर गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । घटनाको छानबिन गर्दै सत्यतथ्य ल्याएर अपराधीहरुलाई नांगेझार पार्नुपर्ने […]

May 17, 2025 - 11:21
 0
मदन भण्डारीको मृत्यु घटनाका अपराधीलाई नांगेझार पार्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाकाबारे उजागर हुनुपर्ने बताएका छन् ।

३२औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दुई नेताको मृत्युका विषयमा बिभिन्न चर्चा हुने गरेको भन्दै त्यसलाई उजागर गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

घटनाको छानबिन गर्दै सत्यतथ्य ल्याएर अपराधीहरुलाई नांगेझार पार्नुपर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले मदन–आश्रितको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा राखे ।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि मदन भण्डारीले गरेको योगदानको स्मरण गर्दै उनले अब आफूहरु कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले विचार मिल्नेहरुसँग सहकार्य गर्दै मोर्चा बनाउने र सम्भव भए पार्टी एकता गरेर अघि बढ्ने बताए । – हिमालयन टेली भ्वाइस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register