बागमती प्रदेशसभाको १६ औँ अधिवेशन अझै सुरू हुन सकेन

हेटौँडा । बिहान ११ बजे बैठक गरी आजका लागि आह्वान भएको बागमती प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन दिउँसो एक बजेसम्म पनि सुरु हुन सकेको छैन । केही समयअघि मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र माओवादी केन्द्रका दल नेता शालिकराम जमकट्टेलबीच आजको बैठकबारे छलफल भएको थियो । छलफलमा सहभागी एक नेताले बैठक केही समयपछि बस्ने भनिए पनि बजेटबारे […]

May 19, 2025 - 08:09
 0
बागमती प्रदेशसभाको १६ औँ अधिवेशन अझै सुरू हुन सकेन

हेटौँडा । बिहान ११ बजे बैठक गरी आजका लागि आह्वान भएको बागमती प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन दिउँसो एक बजेसम्म पनि सुरु हुन सकेको छैन । केही समयअघि मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र माओवादी केन्द्रका दल नेता शालिकराम जमकट्टेलबीच आजको बैठकबारे छलफल भएको थियो ।

छलफलमा सहभागी एक नेताले बैठक केही समयपछि बस्ने भनिए पनि बजेटबारे सबै ७ वटा दलको तर्फबाट शुभकामना दिएर बैठक सक्ने बताए ।

प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जेठ ५ गते बिहान ११ बजेका लागि १६ औँ अधिवेशनका लागि आह्वान गरेका थिए ।

प्रदेश सरकारको वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि प्रदेशसभाको हिउँदे अधिवेशन गत चैत २० गते अन्त्य गरिएको थियो । सत्तापक्ष र प्रतिपक्षी दलहरूबीचको विवादका कारण चैत १९ र २० गतेका लागि आह्वान गरिएको बैठकसमेत बस्न नसकेपछि सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register