सुप्रिम सहकारी ठगी प्रकरण : रविको बयान जारी

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेको बहस सुरु भएको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेको बहस जारी रहेको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए । लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  […]

Jan 22, 2025 - 09:07
 0
सुप्रिम सहकारी ठगी प्रकरण : रविको बयान जारी

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेको बहस सुरु भएको छ ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेको बहस जारी रहेको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए ।

लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

लामिछाने मङ्गलबार भैरहवा पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register