‘काँग्रेस नेता’ गभर्नर भएपछि अव राष्ट्र बैंकले टेकओभर नगर्नेमा नारायणी डेभलपमेन्ट बैंकका सञ्चालक ढुक्क !

काठमाडौँ । खराब कर्जाले नेटो काटेपछि राष्ट्र बैंकले टेकओभरको तयारी गरेको नारायणी डेभलपमेन्ट बैंक टेकओभर हुन लागेको विषय तत्कालका लागि टरेको छ । नेपाली काँग्रेसबाट चुनाव लडेर हारेका व्यक्ति नै हाकाहाकी गभर्नर भएपछि कांग्रेसी नेतासँग राम्रो पकड भएका सञ्चालकहरुले चलाएको नारायणी डेभलपमेन्ट बैंकको टेकओभर हुने खतरा तत्कालका लागि टरेको हो । यद्यपी सो बैंकको खराब […]

May 22, 2025 - 02:13
 0
‘काँग्रेस नेता’ गभर्नर भएपछि अव राष्ट्र बैंकले टेकओभर नगर्नेमा नारायणी डेभलपमेन्ट बैंकका सञ्चालक ढुक्क !

काठमाडौँ । खराब कर्जाले नेटो काटेपछि राष्ट्र बैंकले टेकओभरको तयारी गरेको नारायणी डेभलपमेन्ट बैंक टेकओभर हुन लागेको विषय तत्कालका लागि टरेको छ । नेपाली काँग्रेसबाट चुनाव लडेर हारेका व्यक्ति नै हाकाहाकी गभर्नर भएपछि कांग्रेसी नेतासँग राम्रो पकड भएका सञ्चालकहरुले चलाएको नारायणी डेभलपमेन्ट बैंकको टेकओभर हुने खतरा तत्कालका लागि टरेको हो ।

यद्यपी सो बैंकको खराब कर्जा निकै संवेदनशील अवस्थामा पुगिसकेको र अव सो बैंकलाई राष्ट्र बैंकले टेकओभर नगरी नहुने भन्दै राष्ट्र बैंकका अन्य अधिकारीहरुले नवनियुक्त गभर्नरलाई ब्रिफिङ गर्ने कार्यक्रम केहि दिनपछि छ । बुधबार मात्र गभर्नरको सपथ कार्यक्रम भएकाले केही दिनपछि नवनियुक्त गभर्नर पौडेललाई यस विषयमा ब्रिफिङ गर्ने तयारी राष्ट्र बैंकका उच्च अधिकारीहरूले गरिरहेका छन् ।

‘हाकाहाकी काँग्रेस नेता नै गभर्नर हो भनेपछि नारायणी डेभलपमेन्ट बैंकका संचालकहरु काँग्रेस नेताकहाँ पुग्न खोजेको र राष्ट्र बैंकले गर्ने सम्भावित निर्णयलाई हस्तक्षेप गराउन खोजिएको सूचना पाएका छौँ ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘तर, हामी त्यस्तो हुन दिन्नौँ । राष्ट्र बैंकमा राजनीतिक हस्तक्षेप अलि बढी नै भइसकेको छ । नियुक्तिसम्म त ठिकै हो, अव अपरेशन र नीतिगत काममा पनि त्यस्तै हस्तक्षेप भयो भने सहने कुरा पनि हुँदैन ।’

यद्यपि नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले भने कानुनअनुसार हुनुपर्ने र गर्नुपर्ने काममा आफू प्रतिबद्ध रहेको दाबी गरेका छन् । सपथ कार्यक्रम र त्यसपछिको एक टेलिभिजन कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

नारायणी डेभलपमेन्ट बैंकमात्र होइन, राष्ट्र बैंकले अन्य केहि फाइनान्स कम्पनीलाई पनि टेकओभर गर्ने तयारी गरेको थियो । तर तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन लागेका बेला भएकाले सो काम रोकिएको थियो । अव विश्व पौडेलको नेतृत्वमा सो काम हुनै लाग्दा त्यसो हुन नदिने नारायणी डेभलपमेन्ट बैंकका सहचालकहरू काँग्रेस नेताहरूको शरणमा पुग्ने क्रम सुरु भएको छ ।  

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register