आँधीबेहरीका कारण उत्तर प्रदेशमा १४ जनाको मृत्यु

नयाँ दिल्ली, ८ जेठ । बुधबार साँझ उत्तर प्रदेश लगायत भारतका कयौँ क्षेत्रमा आएको आँधीले जनधनको ठुलो क्षति भएको छ । बीबीसी संवाददाता सैयद मोजिज इमामका अनुसार उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको [...] The post आँधीबेहरीका कारण उत्तर प्रदेशमा १४ जनाको मृत्यु appeared first on Jhapa Online.

May 22, 2025 - 09:39
 0
आँधीबेहरीका कारण उत्तर प्रदेशमा १४ जनाको मृत्यु

नयाँ दिल्ली, ८ जेठ । बुधबार साँझ उत्तर प्रदेश लगायत भारतका कयौँ क्षेत्रमा आएको आँधीले जनधनको ठुलो क्षति भएको छ । बीबीसी संवाददाता सैयद मोजिज इमामका अनुसार उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ ।

मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा सम्बन्धित अधिकारीहरूलाई राहत कार्य पूर्ण रूपमा छिटो सम्पन्न गर्न निर्देशन दिइएको बताएको छ ।

बुधबार आएको आँधीबाट उत्तर प्रदेश मात्र नभई दिल्लीका धेरै क्षेत्रहरू पनि प्रभावित भएका छन् । राजधानी दिल्लीका धेरै क्षेत्रमा रूख ढलेर धेरै सवारी साधनमा क्षति पुगेको थियो । यसका कारण धेरै क्षेत्रमा यातायात अवरुद्ध भयो भने मेट्रो सेवा पनि प्रभावित भयो । एजेन्सी

The post आँधीबेहरीका कारण उत्तर प्रदेशमा १४ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register