३ निर्माण कम्पनी कालोसूचीमा

काठमाण्डौ, ८ जेठ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज सूचना निकालेर विभिन्न निकायहरूको सिफारिशमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम बाँकेको डडुवा गाउँपालिका–५ मा रहेको यज्ञेश्वर निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना [...] The post ३ निर्माण कम्पनी कालोसूचीमा appeared first on Jhapa Online.

May 22, 2025 - 09:39
 0
३ निर्माण कम्पनी कालोसूचीमा

काठमाण्डौ, ८ जेठ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज सूचना निकालेर विभिन्न निकायहरूको सिफारिशमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम बाँकेको डडुवा गाउँपालिका–५ मा रहेको यज्ञेश्वर निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना बिसीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै काठमाण्डौ महानगरपालिका–१४ ठेगाना उल्लिखित एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुंगाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।

सल्यानको लेख पोखरा–६ ठेगाना उल्लिखित तुलसी निर्माण सेवा र त्यसका मुख्य व्यक्ति पूर्णबहादुर भण्डारीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेकाहरूले यस अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्।

The post ३ निर्माण कम्पनी कालोसूचीमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register