सहकारीको ऋण नतिरेको भन्दै एमाले नेता अर्याल पक्राउ

काठमाडौँ । सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता कृष्ण कुमार अर्याल पक्राउ परेका छन् । सोह्रखुट्टे स्थित दिगो पर्यटन सहकारीबाट लिएको ऋण रकम नतिरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पटक पटक ताकेता गर्दा पनि आफुले लिएको ऋण नतिरेपछि उनीबिरुद्द सहकारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सहकारीले दायर गरेको मुद्दाको आधारमा काठमाडौँ जिल्ला […]

May 22, 2025 - 10:44
 0
सहकारीको ऋण नतिरेको भन्दै एमाले नेता अर्याल पक्राउ

काठमाडौँ । सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता कृष्ण कुमार अर्याल पक्राउ परेका छन् । सोह्रखुट्टे स्थित दिगो पर्यटन सहकारीबाट लिएको ऋण रकम नतिरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पटक पटक ताकेता गर्दा पनि आफुले लिएको ऋण नतिरेपछि उनीबिरुद्द सहकारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सहकारीले दायर गरेको मुद्दाको आधारमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध १ वर्ष कैद र ११ लाख ५० हजारको बिगो तथा जरिवाना हुने फैसला गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतले २०८० असार २७ मा रकम भुक्तानी गर्न आदेश समेत दिएको थियो । तर, अदालतको आदेश अटेर गरेर उनले सहकरीको ऋण रकम तिरेका थिएनन् । उक्त ऋण रकम नतिरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अर्याल नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य हुन् । उनी पर्यटन बोर्डको सदस्य समेत भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register