झापामा श्रीमती मृत फेला, श्रीमानको अवस्था गम्भीर
काठमाडौं । झापामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । ताप्लेजुङको सिलाम स्थायी घर भइ कनकाई नगरपालिका–५ नारायणदल चौकमा बस्दै आएकी ४० वर्षीय मनीषा मग्रान्ती मृत अवस्थामा भेटिएकी हुन् । उनका श्रीमान ३९ वर्षीय लालबहादुर सार्की पनि गम्भीर घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । मनीषा सलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् […]

काठमाडौं । झापामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
ताप्लेजुङको सिलाम स्थायी घर भइ कनकाई नगरपालिका–५ नारायणदल चौकमा बस्दै आएकी ४० वर्षीय मनीषा मग्रान्ती मृत अवस्थामा भेटिएकी हुन् ।
उनका श्रीमान ३९ वर्षीय लालबहादुर सार्की पनि गम्भीर घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
मनीषा सलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने लालबहादुरको घाँटीमा चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






