सामाजिक उत्तरदायित्वप्रति अब्बल बन्दै सिद्धार्थ बैङ्क 

काठमाडौं । कर्पोरेट हाउसहरू सामाजिक कार्यमा सक्रिय बन्ने, सामाजिक कार्यमा अग्रसर हुने गरेका कुराहरू त देख्दै र सुन्दै आइरहेका छौँ । नेपालमा सञ्चालनमा रहेका प्राय: कर्पोरेट हाउसहरूले आफ्नो मुनाफाको केही प्रतिशत रकम समाजको लागि खर्चन्छन् र खर्चिरहेका पनि छन् । अरू छोडौँ, बैङ्किङ  क्षेत्रलाई नै हेर्ने हो भने पनि हरेक बैङ्कहरूले समाजका लागि, देशका लागि […]

May 23, 2025 - 08:26
 0
सामाजिक उत्तरदायित्वप्रति अब्बल बन्दै सिद्धार्थ बैङ्क 

काठमाडौं । कर्पोरेट हाउसहरू सामाजिक कार्यमा सक्रिय बन्ने, सामाजिक कार्यमा अग्रसर हुने गरेका कुराहरू त देख्दै र सुन्दै आइरहेका छौँ ।

नेपालमा सञ्चालनमा रहेका प्राय: कर्पोरेट हाउसहरूले आफ्नो मुनाफाको केही प्रतिशत रकम समाजको लागि खर्चन्छन् र खर्चिरहेका पनि छन् ।

अरू छोडौँ, बैङ्किङ  क्षेत्रलाई नै हेर्ने हो भने पनि हरेक बैङ्कहरूले समाजका लागि, देशका लागि आ-आफ्नो तवरबाट सक्दो सहयोग गरिरहेका छन् । बैङ्कले सामाजिक कार्य गर्नकै लागि भनेर बर्सेनि आफ्नो मुनाफाबाट केही रकम छुट्याएका हुन्छन् ।

हुन त, नेपालमा बैङ्किङ क्षेत्रको विगत एक शताब्दी मात्रै पुरानो हो । विसं १९९४ मा नेपाल बैङ्कको स्थापनासँगै नेपालमा बैङ्किङ क्षेत्रको औपचारिक सुरुवात भएको थियो ।

यद्यपि, २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र बहाली गरेपछि मात्रै नेपालमा उदारीकरण र निजीकरणको नीति सरकारले लिएको थियो । फलस्वरूप निजी क्षेत्रले पनि बैङ्कहरू खोल्न थाले ।

यसैको दौरानमा वि.सं. २०५९ सालमा सिद्धार्थ बैङ्कको जन्म भएको थियो । निजी क्षेत्रको एक वाणिज्य बैङ्कले २३ वर्षे दौरानमा निकै फड्को मारिसकेको छ । राष्ट्र बैङ्कले पुराना ऐनहरू खारेज गरेर ल्याएको बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ ले निजी क्षेत्रका बैङ्कहरूलाई थप विस्तारित हुन मद्दत गरेको पाइन्छ ।

सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार बन्दै बैङ्क

सिद्धार्थ बैङ्कले विभिन्न समयमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले विभिन्न क्षेत्रहरूमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।

यसको मुख्य उद्देश्य समाज, वातावरण र समग्र राष्ट्रको दिगो विकासमा योगदान पुर्‍याउनु रहेको बैङ्कले जनाएको छ । बैङ्कले विद्यालयहरूमा शैक्षिक सामग्री वितरणदेखि छात्रवृत्ति कार्यक्रम र भौतिक पूर्वाधार सुधारमा सहयोग गर्दै आएको छ ।

त्यस्तै, निःशुल्क स्वास्थ्य शिविर, अस्पतालहरूलाई उपकरण प्रदान गर्ने, रक्तदान कार्यक्रम र कोभिड-१९ महामारीको समयमा सुरक्षात्मक सामग्री र सहयोग प्रदान गरेको थियो ।

त्यसैगरी, वृक्षरोपण, प्लास्टिकविरुद्ध सचेतना र सरसफाइ अभियानहरूमा समेत बैङ्कको सक्रिय सहभागिता छ । यसकाबाहेक पनि महिला सशक्तीकरण, उद्यमशीलता र आपत्‌कालीन राहत वितरणजस्ता कार्यहरूमा पनि बैङ्कले अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।

एनपीएलको टाइटल स्पोन्सर

नेपाली खेल क्षेत्रमा सिद्धार्थ बैङ्कले राम्रो साझेदारी गरिरहेको छ । पछिल्लो समय सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा बैङ्क टाइटल स्पोन्सर बनेको थियो । नेपाल क्रिकेट सङ्घ  (क्यान)का अनुसार बैङ्कले पाँच वर्षका लागि कुल २० करोड रुपैयाँको सम्झौता गरेको छ ।

जसमा बैङ्कले एनपीएलका लागि बर्सेनि ४ करोड रुपैयाँ लगानी गर्नेछ । यो सम्झौता नेपाली खेलकुद इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रायोजन हो । एनपीएलमा टाइटल स्पोन्सर बन्न अन्य तीन बैङ्कहरूको पनि अग्रसरता देखिएको थियो ।

यद्यपि, सिद्धार्थ बैङ्कले बर्सेेनि चार करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेसँगै अन्य बैङ्क पछि हटेको बताइएको थियो । नेपाली क्रिकेटको दीर्घकालीन विकास, खेलाडीहरूलाई प्रोत्साहन स्वरूप बैङ्क एनपीएलको मुख्य प्रायोजक बनेको बैङ्कले जनाएको छ ।

नेपाली क्रिकेटलाई नजिकबाट नियालेका सिद्धार्थ बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेलको अग्रसरतामा बैङ्क टाइटल स्पोन्सर बन्न सफल भएको थियो ।

देशमा खेलिने सयौँ खेलहरूमध्ये क्रिकेट सबैभन्दा धेरै चर्चामा छ । संसारका खेलकुद प्रेमीले पनि प्रशंसा गरेको खेल हो, क्रिकेट । नेपाली क्रिकेटले सफलता पाउँदै जाँदा  फ्यानको सङ्ख्या पनि ह्वात्तै बढेको छ ।

नेपाली क्रिकेट टीमले जित्दा  क्रिकेट र खेलाडीका लागि केही गरौँ भन्ने सोच सीईओ कँडेललाई आउने गर्दथ्यो । उनी भन्छन्, ‘क्रिकेटसँगको हाम्रो सहकार्यले युवा र क्रिकेट प्रेमीको जमातमा बैङ्कको नाम पनि सँगसँगै जानेछ । यसले नेपालीमा एकता सङ्गालेको छ, त्यो निरन्तर कायम रहोस् ।’

उनी युवापुस्ताले क्रिकेटलाई नै करिअर बनाए खेल्न सक्ने हुनुपर्नेमा जोड दिन्छन् । जुन युवाले करिअर नै बनाएर क्रिकेट खेल्छ, उसले खेलमा राम्रो गर्न सक्ने र विश्वकप जित्नसमेत सक्ने धारणा उनी राख्छन् ।

यद्यपि, सो दिनसम्म सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्छ भन्ने अभिप्रायका साथ आफूहरूले एनपीएललाई साथ दिएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register