वाम एकताबारे ओली : दुई तिहाइ कम्युनिस्ट पार्टीलाई चक्नाचुर पार्नेहरूसँग सहकार्य संभव छैन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइ कम्युनिस्ट पार्टीलाई चक्नाचुर पार्नेहरूसँग बाम एकता हुननसक्ने बताएका छन् । पार्टीको बागमती प्रदेशस्तरीय वडाध्यक्षका लागि आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हाम्रा केही साथीहरूलाई वाम एकता चाहिएको छ । दुई तिहाइको कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्दै एमालेको सरकार ढालेर काङ्ग्रेससँग विन्ती पत्र […]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइ कम्युनिस्ट पार्टीलाई चक्नाचुर पार्नेहरूसँग बाम एकता हुननसक्ने बताएका छन् ।
पार्टीको बागमती प्रदेशस्तरीय वडाध्यक्षका लागि आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हाम्रा केही साथीहरूलाई वाम एकता चाहिएको छ । दुई तिहाइको कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्दै एमालेको सरकार ढालेर काङ्ग्रेससँग विन्ती पत्र चढाउन जानेहरूसँग के को वाम एकता?’ उनको प्रश्न छ ।
एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुर्याउने अभिव्यक्ति दिने र पार्टीलाई भित्तामा पुर्याउँछु भन्नेहरूलाई समावेश गर्दै वाम एकता नहुने उनले बताए । आफुबारे अफवाह फैलाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि समावेश गरेर वाम एकताको पक्षमा आफु नरहेको उनको भनाइ छ । ‘केपी ओलीको कम्बोडियामा लगानी छ भनेर अफवाह फैलाउन प्रचण्ड हुन् । अफवाह फैलाउनेहरुसँग एमालेलाई धुलो चटाउछौँ भन्नेहरूसँग के को वाम एकता?’ उनको प्रश्न छ ।
What's Your Reaction?






