रोशनी शाही मृत फेला

काठमाडौँ। रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने ५० वर्षीया शाही आइतबार मृत अवस्थामा फेला परेकी हुन् । शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएकाे बलात्कार प्रकरणकी पीडित हुन् । भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । […]

May 25, 2025 - 13:01
 0
रोशनी शाही मृत फेला

काठमाडौँ।

रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने ५० वर्षीया शाही आइतबार मृत अवस्थामा फेला परेकी हुन् । शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएकाे बलात्कार प्रकरणकी पीडित हुन् ।

भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । उनको शव नजिक एउटा पत्र पनि फेला परेको छ। फेला परेको पत्र शाही आफैंले लेखेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ ।

उनको शरीरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शाहीको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।​

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register