गृहमन्त्रीको राजीनामा माग गर्नेहरूसँग स्पष्टीकरण सोध्न काङ्ग्रेस बैठकमा माग

काठमाडौं । नेपाली काङ्ग्रेसको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने नेताहरू नेता शेखर कोइराला, सुनील शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्न माग भएको छ । पार्टीको नीति विपरीत निरन्तर बोल्ने काम गरेको भन्दै उनीहरूसँग स्पष्टीकरण सोध्न माग भएको नेता शशांक कोइरालाले बताए । उनीहरुले मुठभेड गर्न खोजेकाले स्पष्टीकरण सोध्न माग भएको नेता शशांक बताउँछन् […]

May 26, 2025 - 07:26
 0
गृहमन्त्रीको राजीनामा माग गर्नेहरूसँग स्पष्टीकरण सोध्न काङ्ग्रेस बैठकमा माग

काठमाडौं । नेपाली काङ्ग्रेसको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने नेताहरू नेता शेखर कोइराला, सुनील शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्न माग भएको छ ।

पार्टीको नीति विपरीत निरन्तर बोल्ने काम गरेको भन्दै उनीहरूसँग स्पष्टीकरण सोध्न माग भएको नेता शशांक कोइरालाले बताए । उनीहरुले मुठभेड गर्न खोजेकाले स्पष्टीकरण सोध्न माग भएको नेता शशांक बताउँछन् ।

‘एक अर्कासँग मुठभेड गरेर कसैलाई पनि फाइदा हुँदैन नि । काङ्ग्रेसलाई पनि फाइदा हुँदैन । त्यसैले उनीहरूलाई बोलाएर सोध्नुस् के भनेको हो भनेका छौँ । त्यसैले उहाँहरूलाई बोलाएर स्पष्टीकरण माग्न भनेको छु,’ उनले भने ।

सभापति शेरबहादुर देउवाले यसबारे आफूले पछि हेर्ने बताएको शशांकको भनाइ छ ।

शेखरले गृहमन्त्रीले क्लिन साबित गर्नका निम्ति राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने मत राखेका थिए । यस्तै, सांसद शर्माले रमेश लेखक आदर्शवादी नेता भएको हुनाले उनले सदन खुल्नुअघि राजीनामा दिएर आफूमाथि अनुसन्धान गर्न समिति गठनका लागि सहयोग गर्नुपर्ने बताएका थिए ।

सांसद बजगाईंले पनि गृहमन्त्री र पर्यटनमन्त्रीलाई पदबाट हटाउनका लागि सभापति देउवालाई पत्र लेखेका थिए । पार्टीको छवि बचाउनका निम्ति उनीहरूलाई हटाउनुपर्ने भन्दै उक्त पत्रमा उल्लेख थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register