काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेले बुझाए स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई स्पष्टीकरण बुझाएका छन् । पाण्डेले सोमबार गुरागाईंलाई स्पष्टीकरण बुझाएका हुन् । अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै गुरागाईंले ६ जेठमा पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले स्पष्टीकरण पत्र बुझेको र अध्ययनको क्रममा रहेको महानगर स्रोतले बताएको छ । स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख […]

May 26, 2025 - 12:52
 0
काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेले बुझाए स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई स्पष्टीकरण बुझाएका छन् ।

पाण्डेले सोमबार गुरागाईंलाई स्पष्टीकरण बुझाएका हुन् ।

अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै गुरागाईंले ६ जेठमा पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले स्पष्टीकरण पत्र बुझेको र अध्ययनको क्रममा रहेको महानगर स्रोतले बताएको छ ।

स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा असहयोग गरेको आरोप लगाइएको थियो ।

काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि विदामा बसेका प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईं २९ चैतमा महानगरमा हाजिर हुन आएका थिए ।

तर, गुरागाईंलाई महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा बाधा गरेको थियो । यही विषयमा पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register