क्यानडा लैजाने भन्दै सात लाख ठग्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वडा नं.  ०५ घर भई हाल काठमाडौँ जिल्ला टोखामा बस्ने ३४ वर्षिया सम्झना राई रहेकी छिन् । उनले एक जनालाई रोजगारीका लागि क्यानडा लैजाने भनेर सात लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहिन भएकी […]

May 27, 2025 - 07:49
 0
क्यानडा लैजाने भन्दै सात लाख ठग्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वडा नं.  ०५ घर भई हाल काठमाडौँ जिल्ला टोखामा बस्ने ३४ वर्षिया सम्झना राई रहेकी छिन् ।

उनले एक जनालाई रोजगारीका लागि क्यानडा लैजाने भनेर सात लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहिन भएकी थिइन् । पीडितले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले जेठ १२ गते पक्राउ गरेको हो ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register