बेंगलोरले २२८ रनको लक्ष्य सजिलै भेट्टायो, अपराजित अवे यात्रा कायमै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले मंगलबार एक ऐतिहासिक जित हात पारेको छ । पञ्जाब किङ्सविरुद्ध २२८ रनको विशाल लक्ष्य सहजै पछ्र्यार बेंगलोरले आईपीएल इतिहासमा तेस्रो ठूलो सफल चेजको कीर्तिमान कायम गरेको हो । यसअघि सबैभन्दा ठूलो सफल चेज २०२४ मा पञ्जाबले गरेकाे थियाे । उसले कोलकाता नाइट राइडर्सविरुद्ध २६२ रनको […]

May 28, 2025 - 02:13
 0
बेंगलोरले २२८ रनको लक्ष्य सजिलै भेट्टायो, अपराजित अवे यात्रा कायमै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले मंगलबार एक ऐतिहासिक जित हात पारेको छ । पञ्जाब किङ्सविरुद्ध २२८ रनको विशाल लक्ष्य सहजै पछ्र्यार बेंगलोरले आईपीएल इतिहासमा तेस्रो ठूलो सफल चेजको कीर्तिमान कायम गरेको हो ।

यसअघि सबैभन्दा ठूलो सफल चेज २०२४ मा पञ्जाबले गरेकाे थियाे । उसले कोलकाता नाइट राइडर्सविरुद्ध २६२ रनको लक्ष्य पछ्याएर  जित दर्ता गरेको थियो । यस्तै सनराइजर्स हैदराबादले २४६ रन पछ्याएको थियो । बेंगलोरले अघिल्लो ठूलो सफल चेज २०१० मा २०४ रनको थियो, सो क्रममा उसले पञ्जाबविरुद्ध जित हासिल गरेको थियो ।

अपराजित अवे यात्रा

बेंगलोरले यस सिजनको लिग चरणमा सबै ७ अवे खेल जित्दै इतिहास रचेको छ । यसअघि २०१२ मा कोलकाता र मुम्बई इन्डियन्सले ८ मध्ये ७ अवे खेल जितेका थिए । तर उनीहरूले १ खेलमा भने हार खाएका थिए ।

यससँगै बेंगलोर ५ वा सोभन्दा बढी टिम सहभागी भएका टी२० प्रतियोगिताको लिग चरणमा सबै अवे खेल जित्ने चौथो टोली बनेको छ ।

जितेश र ऋषभको दमदार प्रदर्शन

बेंगलोरका जितेश शर्माले तल्लो क्रम (नम्बर ६)मा खेल्दै नटआउट ८५ रन बनाए, जुन आईपीएल इतिहासमा तेस्रो ठूलो स्कोर हो । यसअघि हार्दिक पाण्ड्याले २०१९ मा कोलकाताविरुद्ध ९१ रन र आन्द्रे रसेलले २०१८ मा चेन्नई सुपर किङ्सविरुद्ध अविजित ८८ रन बनाएका थिए । जितेशको पारी सफल चेजमा सबैभन्दा ठूलो व्यक्तिगत स्कोर पनि हो ।

दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले लखनऊमा २२ आईपीएल खेलहरूमा पहिलो शतक बनाउँदै नटआउट ११८ रनको पारी खेले । पन्तको यो दोस्रो आईपीएल शतक हो, तर दुर्भाग्यवश दुवै पटक टिम पराजित भएका छन् ।

लयमा कोहली

विराट कोहलीले आईपीएल २०२५ मा ८ वटा अर्धशतक पुर्यााएका छन्, जुन सबै बेंगलोरको जितमा आएका हुन् । एकै सिजनमा जित हासिल भएका खेलहरूमा सबैभन्दा धेरै ५० प्लस स्कोर बनाउने उनी पहिलो खेलाडी बनेका छन् । उनले आईपीएलको ५ संस्करणमा ६०० भन्दा बढी रन बनाउने कीर्तिमान पनि बनाएका छन्, जुन सबैभन्दा धेरै पटक हो ।

कोहलीले आरसीबीका लागि सबै टी–२० खेलमा ९ हजार ३० रन बनाएका छन्, जसले उनलाई एउटै टिमका लागि ९ हजारभन्दा बढी रन बनाउने पहिलो खेलाडी बनाएको छ । दोस्रो स्थानमा मुम्बई इन्डियन्सका लागि रोहित शर्माको ६ हजार ३० रन रहेको छ ।

ओ’राउर्कको महँगो स्पेल

बेंगलोरका बलर विल ओ’राउर्कले आफ्नो ४ ओभरमा ७४ रन खर्चिए, जुन आईपीएलमा तेस्रो सबैभन्दा महँगो स्पेल हो । यसअघि जोफ्रा आर्चरले सनराइजर्स हैदराबादविरुद्ध ७६ रन र मोहम्मद शमीले पञ्जाबविरुद्ध ७५ रन दिएका थिए ।

मुम्बईलाई हराउँदै पञ्जाब आईपीएलको पहिलो क्वालिफायर

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register