‘म अन्यायमा परेँ, अपराध जसले गर्यो उसैलाई मात्र कारवाही हुनुपर्छ’ 

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूलाई भिजिट भिसा प्रकरणमा षड्यन्त्रपूर्वक फसाउन खोजिएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले भिजिट भिसामा नियोजित रुपमा आफूलाई फसाउन षड्यन्त्र गरिएको बताएका हुन् ।  भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरिसकेको भन्दै गृहमन्त्री लेखकले अनुसन्धानमा सघाउने बताएका छन् ।  तर, जबर्जस्ती आफूमाथि लगाइएको आरोप गलत भएको […]

May 28, 2025 - 13:05
 0
‘म अन्यायमा परेँ, अपराध जसले गर्यो उसैलाई मात्र कारवाही हुनुपर्छ’ 

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूलाई भिजिट भिसा प्रकरणमा षड्यन्त्रपूर्वक फसाउन खोजिएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले भिजिट भिसामा नियोजित रुपमा आफूलाई फसाउन षड्यन्त्र गरिएको बताएका हुन् । 

भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरिसकेको भन्दै गृहमन्त्री लेखकले अनुसन्धानमा सघाउने बताएका छन् । 

तर, जबर्जस्ती आफूमाथि लगाइएको आरोप गलत भएको भन्दै गृहमन्त्री लेखकले प्रतिशोध साँधेर मागिएको राजिनामा गलत भएको बताएका छन् । साथै उनले आफूमाथि अन्याय भएको भन्दै आफूलाई न्याय दिनुपर्ने पनि बताएका छन् । 

उनले एउटाले गरेको आपराधिक गतिविधि अर्कोमा नसर्ने भन्दै आफूले नगरेको कामको जिम्मेवारी लिन भन्नु इर्श्या, पूर्वाग्रही र प्रतिशोध भएको दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register