आजको राजावादी आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने

काठमाडौं । राजसंस्था पुनःस्थापना गर्ने भन्दै राप्रपाको अगुवाइमा बिहीबार हुन लागेको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने भएको छ । प्रसाईंको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ का सचिव प्रेमदिप लिम्बूले एक विज्ञप्ति जारी गर्दै बिहीबारको आन्दोलनमा सहभागी नहुने जनाएका छन् । उनले भनेका छन्, ‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको […]

May 29, 2025 - 08:20
 0
आजको राजावादी आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने

काठमाडौं । राजसंस्था पुनःस्थापना गर्ने भन्दै राप्रपाको अगुवाइमा बिहीबार हुन लागेको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने भएको छ ।

प्रसाईंको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ का सचिव प्रेमदिप लिम्बूले एक विज्ञप्ति जारी गर्दै बिहीबारको आन्दोलनमा सहभागी नहुने जनाएका छन् ।

उनले भनेका छन्, ‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको जनअन्दोल भएकोले हाम्रो सहाकार्य नरहेकोले सहभागी नहुन अनुरोध सहितको निर्देशन गर्दछौँ । कुनै घटना घटे महाअभियान जिम्मेवार नहुने प्रष्ट निर्णय गरिएको छ ।’

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलन प्रसाईंकै अगुवाइमा भएको थियो । उनी अहिले प्रहरी हिरासतमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register