मण्डलामा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु (तस्वीरहरु)

काठमाडौं। थापागाउँ स्थित मण्डला थिएटरमा चैत ६ गते बुधबार (आज) देखि तेस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु भएको छ। महोत्सवमा नेपाल सहित १२ देशका १७ वटा नाटकहरु मञ्चन हुने छन्। महोत्सव संयोजक रङ्गकर्मी केदार श्रेष्ठका अनुसार महोत्सवमा कुल १ सय १५ नाटकको आवेदन परेको भएता पनि १० विदेशी र २ नेपाली गरी १२ […]

Mar 19, 2025 - 13:08
 0
मण्डलामा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु (तस्वीरहरु)

काठमाडौं। थापागाउँ स्थित मण्डला थिएटरमा चैत ६ गते बुधबार (आज) देखि तेस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु भएको छ।

महोत्सवमा नेपाल सहित १२ देशका १७ वटा नाटकहरु मञ्चन हुने छन्।

महोत्सव संयोजक रङ्गकर्मी केदार श्रेष्ठका अनुसार महोत्सवमा कुल १ सय १५ नाटकको आवेदन परेको भएता पनि १० विदेशी र २ नेपाली गरी १२ वटा नाटक मात्र छनोट गरिएको हो।

श्रेष्ठका अनुसार महोत्सवमा छनोटमा परेका नाटकहरु बाहेक आयोजक संस्थाको १, तीन सहरका स्थानीय आयोजकको ३ र चौतारी नाटक १ गरी जम्मा १७ वटा नाटक मञ्चन हुने छन्।

महोत्सवमा छनौटमा परेका नाटकहरुमा नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’ , जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिुथआना र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’ छन्।

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारा सहित सुरु भएको महोत्सव चैत १२ गते सम्म चल्ने छ।

महोत्सवको उद्घाटनको दिन आयोजक (मण्डला थिएटर)को तर्फबाट नाटक ‘उम्लिदो खरानी र लेम्लेम्मा’ मञ्चन गरिएको छ।

तस्वीरहरु:-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register