गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा भ्रम छरेको प्रमुख प्रतिपक्षीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले भ्रम छरेको आरोप लगाएको छ । संसदमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले पत्रकार सम्मेलनमार्फत गृहमन्त्री लेखकले भ्रम छरेको बताएका हुन् । ‘पत्रकार सम्मेलनमार्फत कर्मचारी सरूवाको कुरा राखेर उहाँले भ्रम छर्नुभयो । यो सरकार देशमा भ्रष्टाचारीलाई कारबाही गर्न बनेको हो की होइन?’ […]

May 29, 2025 - 09:08
 0
गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा भ्रम छरेको प्रमुख प्रतिपक्षीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले भ्रम छरेको आरोप लगाएको छ । संसदमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले पत्रकार सम्मेलनमार्फत गृहमन्त्री लेखकले भ्रम छरेको बताएका हुन् । ‘पत्रकार सम्मेलनमार्फत कर्मचारी सरूवाको कुरा राखेर उहाँले भ्रम छर्नुभयो । यो सरकार देशमा भ्रष्टाचारीलाई कारबाही गर्न बनेको हो की होइन?’ उनको प्रश्न छ ।

गृहमन्त्रीको राजीनामाको मागमा आफुहरू अडिग रहेको बताए । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि आज संसद अवरोध नगरेपनि गृहमन्त्रीको राजीनामाको विषय यथावत रहने उनले बताए । ‘नेपाल सरकारका अर्थमन्त्रीले राजश्व र व्ययको अनुमान संसदमा पेस गर्ने संवैधानिक व्यवस्था भएकाले हामीले  सदनलाई अघि बढाउन दिएका हौँ । हाम्रो आन्दोलन जारी छ,’ उनले भने ।

भ्रष्टाचार र कुशासनका अन्त्यका र सामाजिक न्याय सहितको  समृद्धिका लागि अघि बढिरहने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register