गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गरौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा माओवादीनिकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको जनसास्कृतिक कार्यक्रममा प्रचण्डले अहिले गणतन्त्रमाथि प्रश्न उठाउने निरर्थक दुस्प्रयास भइरहेको टिप्पणी गरे । गणतन्त्र कुनै क्षेत्र वा पार्टी विशेषको नभई आम जनताको बलिदानीबाट प्राप्त […]

May 29, 2025 - 09:08
 0
गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गरौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा माओवादीनिकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको जनसास्कृतिक कार्यक्रममा प्रचण्डले अहिले गणतन्त्रमाथि प्रश्न उठाउने निरर्थक दुस्प्रयास भइरहेको टिप्पणी गरे ।

गणतन्त्र कुनै क्षेत्र वा पार्टी विशेषको नभई आम जनताको बलिदानीबाट प्राप्त भएको उपलब्धि भएको उनले बताए । प्रचण्डले गणतन्त्रको रक्षा गर्नु र यसमार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि प्रयत्न गर्नु अहिलेको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरे ।

उनले गणतन्त्रको रक्षा गर्दै समाजवादको यात्रातर्फ अघि बढ्नका लािग एकतावद्ध भएर पहल गर्न जरुरी रहेको पनि बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register