बाढीले कोशी राजमार्गको १०० मिटर सडक बगायो, धनकुटासँगै पहाडी क्षेत्रको यातायात अवरुद्ध

काठमाडौं । बाढीले कोशी राजमार्गको करिब १०० मिटर सडक बगाएपछि पहाडी क्षेत्रको यातायात अवरुद्ध भएको छ । लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ फेदीमा सडक बगाएपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ । राजमार्ग भत्किँदा धनकुटासँगै तेह्रथुमलगायत पहाडी जिल्लाको यातायात अवरुद्ध भएको धनकुटा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण […]

May 31, 2025 - 04:12
 0
बाढीले कोशी राजमार्गको १०० मिटर सडक बगायो, धनकुटासँगै पहाडी क्षेत्रको यातायात अवरुद्ध

काठमाडौं । बाढीले कोशी राजमार्गको करिब १०० मिटर सडक बगाएपछि पहाडी क्षेत्रको यातायात अवरुद्ध भएको छ ।

लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ फेदीमा सडक बगाएपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ ।

राजमार्ग भत्किँदा धनकुटासँगै तेह्रथुमलगायत पहाडी जिल्लाको यातायात अवरुद्ध भएको धनकुटा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए ।

‘शनिबार बिहान करिब ५ बजे लेउती खोलामा आएको बाढीले फेदी भन्ने स्थानमा कोशी राजमार्गको करिब १०० मिटर सडक खण्ड कटानगरी बगाएको छ । यसले गर्दा पहाडी क्षेत्रको यातायात अवरुद्ध छ,’ उनले नेपालभ्युजसँग भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register