वार्षिक १० करोड आय गर्ने स्टार्टअपलाई पाँच वर्षसम्म आयकर नलाग्ने

काठमाडौं । सरकारले स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकर नलिने घोषणा गरेको छ । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले १० करोड रूपैयाँसम्म वार्षिक कारोबार गर्ने स्टार्टअपलाई कर नलिने र पाँच वर्षसम्म आयकर नलाग्ने घोषणा गरेका हुन् । यस्तै, काष्ठकला उद्योगका लागि आवश्यक सामान पैठारीमा १ प्रतिशत मात्रै भन्सार लाग्ने भएको छ । प्राङ्गारिक मल उत्पादनका […]

May 29, 2025 - 12:50
 0
वार्षिक १० करोड आय गर्ने स्टार्टअपलाई पाँच वर्षसम्म आयकर नलाग्ने

काठमाडौं । सरकारले स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकर नलिने घोषणा गरेको छ । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले १० करोड रूपैयाँसम्म वार्षिक कारोबार गर्ने स्टार्टअपलाई कर नलिने र पाँच वर्षसम्म आयकर नलाग्ने घोषणा गरेका हुन् ।

यस्तै, काष्ठकला उद्योगका लागि आवश्यक सामान पैठारीमा १ प्रतिशत मात्रै भन्सार लाग्ने भएको छ । प्राङ्गारिक मल उत्पादनका लागि आवश्यक औजार आयातमा भन्सार महशुल हटाइएको छ । ग्रीन हाइड्रोजन उत्पादन गर्ने कम्पनीहरूले ५ वर्षसम्म आयकर छुट गरिएको छ ।

सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्नेमा गर्नेहरूको आयकरमा ७५ प्रतिशत छुट दिने र सुचना प्रविधि निर्यात गर्ने व्यक्तिको आयकर ५ प्रतिशत अन्तिम हुने सरकारले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register