कुन मन्त्रालयमा कति बजेट ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि बिहीबार संसद्मा बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका हुन् । गृह मन्त्रालयको बजेट ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएको छ । सरकारले वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन […]

May 29, 2025 - 13:26
 0
कुन मन्त्रालयमा कति बजेट ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि बिहीबार संसद्मा बजेट प्रस्तुत गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका हुन् ।

गृह मन्त्रालयको बजेट ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएको छ ।

सरकारले वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, कृषि तथा पशुपन्छी विकासका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब ८ करोड विनियोजन भएको अर्थमन्त्री पौडेलले बताए ।

यसैगरी सहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब र युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड बजेट छुट्याइएको छ ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिका लागि २ खर्ब ११ अर्ब १७ करोड, भौतिक पूर्वाधार तथा यातायातका लागि १ खर्ब ५१ अर्ब बजेट विनियोजन भएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्याका लागि ९५ अर्ब ८१ करोड, ऊर्जा, जलस्रोत तथा सिचाइँका लागि ८६ अर्ब १ करोड बजेट छुट्याइएको छ ।

साथै, खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड, वन तथा वातावरणका लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड र उद्योग, वाणिज्य तथा आपूर्तिका लागि १० अर्ब १४ करोड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड विनियाेजन गरिएकाे छ ।

युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षाका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन भएको छ ।

यसैगरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन भएको छ ।

उद्योग मन्त्रालयका लागि सरकारले १० अर्ब १३ करोड ८१ लाख रुपैयाँको बजेट छुट्याएको छ ।

अर्थ मन्त्रालयको ४९ अर्ब ९० करोड २६ लाख छुट्याएको छ भने रक्षाका लागि ६२ अर्ब १ करोड २१ लाख विनियोजन भएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register