७ वर्षदेखि बुटिक बन्दै छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक’ विमानस्थलमा रूपान्तरण गर्न भनेर आगामी आर्थिक वर्षको बजेटमा चार अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘बुटिक’ बन्न थालेको ७ वर्ष भयो । पहिलोपटक २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक’ बनाउने सपना देखेका थिए । आर्थिक वर्ष […]

May 29, 2025 - 15:08
 0
७ वर्षदेखि बुटिक बन्दै छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक’ विमानस्थलमा रूपान्तरण गर्न भनेर आगामी आर्थिक वर्षको बजेटमा चार अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘बुटिक’ बन्न थालेको ७ वर्ष भयो । पहिलोपटक २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक’ बनाउने सपना देखेका थिए । आर्थिक वर्ष २०७५/०७६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक’ बनाउन भनेर २९ करोड रुपैयाँ छुट्याइएको थियो ।

२०७६ मा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले औपचारिक कार्यक्रम नै गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक’ बनाउन लागिएको घोषणा गरेको थियो ।

त्यसपछि २०७६/०७७ को निति तथा कार्यक्रममा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउने योजना समेट्यो ।

२०७६ को पुसमा प्रधानमन्त्री ओलीले ६ महिनाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउन निर्देशन दिएका थिए । त्यसपछि २०७६ को फागुनमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ६ महिनाभित्र बुटिक बनाउन निर्देशन दिए । २०७६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउन भनेर ४५ करोड रुपैयाँ खर्च भएको थियो ।

त्यसपछि २०७७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउन भनेर ३० करोड रुपैयाँ खर्च गरियो ।

२०७७/०७८ को नीति तथा कार्यक्रममा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउने विषय समावेश थियो ।

विमानस्थलको पूर्वाधार विकासमा एसियाली विकास बैंक (एडीबी)ले लगानी गरेको छ । एडीबीको सहयोगमा सन् २०१० देखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारको काम भइरहेको छ । यो काम सन् २०२८ सम्मे सक्ने योजना छ ।

विमानस्थल सुधार गर्ने कामको ठेक्का पाएको छ, चीनको ‘चाइना नेसनल एरो टेक्नोलोजी इन्जिनियरिङ’ले । यो योजनाको लागत करिब ७ अर्ब रुपैयाँ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register