प्रदेश र स्थानीय तहका ५ खर्बभन्दा बढी अनुदान

काठमाडौं। आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सरकारले प्रदेश र स्थानीय तहहरूलाई कूल ५ खर्ब ११ अर्ब रुपियाँभन्दा बढी अनुदान विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै सबै प्रकारका अनुदानहरू कार्यसम्पादनको आधारमा हस्तान्तरण गरिने जानकारी दिनुभएको हो ।बजेटअनुसार, वित्तीय समानीकरण अनुदान अन्तर्गत प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहका […]

May 29, 2025 - 16:40
 0
प्रदेश र स्थानीय तहका ५ खर्बभन्दा बढी अनुदान

काठमाडौं।

आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सरकारले प्रदेश र स्थानीय तहहरूलाई कूल ५ खर्ब ११ अर्ब रुपियाँभन्दा बढी अनुदान विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै सबै प्रकारका अनुदानहरू कार्यसम्पादनको आधारमा हस्तान्तरण गरिने जानकारी दिनुभएको हो ।
बजेटअनुसार, वित्तीय समानीकरण अनुदान अन्तर्गत प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहका लागि ८८ अर्ब ९७ करोड रुपियाँ विनियोजन गरिएको छ।

ससर्त अनुदानको रूपमा प्रदेशले ३० अर्ब ३५ करोड र स्थानीय तहले २ खर्ब ११ अर्ब ४६ करोड रुपियाँ पाउनेछन्।
त्यस्तै, समपूरक अनुदान प्रदेशलाई ३ अर्ब २८ करोड र स्थानीय तहलाई १० अर्ब ६ करोड रुपियाँ विनियोजन गरिएको छ । विदेशी अनुदानको रूपमा प्रदेशले ३ अर्ब २७ करोड र स्थानीय तहले ९ अर्ब ७८ करोड रुपियाँ पाउनेछन्।

बजेटमा राजस्व बाँडफाँटमार्फत १ खर्ब ६५ अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने अनुमान गरिएको छ। सरकारको भनाइअनुसार, यी सबै अनुदान कार्यक्रमको प्रभावकारीता मूल्यांकन गरी कार्यसम्पादनका आधारमा उपलब्ध गराइनेछ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register