९ वर्षपछि आरसीबी फाइनलमा, पञ्जाव ८ विकेटले पराजित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा पञ्जाव  किङ्स लाई ८ विकेटले पराजित गर्दै आरसीबीले उपाधि नजिक आफ्नो स्थान सुरक्षित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाव किङ्सले २० ओभरमा १० विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो। पञ्जावका लागि मार्कस स्टोइनिसले […]

May 30, 2025 - 02:14
 0
९ वर्षपछि आरसीबी फाइनलमा, पञ्जाव ८ विकेटले पराजित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा पञ्जाव  किङ्स लाई ८ विकेटले पराजित गर्दै आरसीबीले उपाधि नजिक आफ्नो स्थान सुरक्षित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाव किङ्सले २० ओभरमा १० विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो। पञ्जावका लागि मार्कस स्टोइनिसले सर्वाधिक २६ रनको योगदान दिए। आरसीबीका बलरहरू सुयश शर्मा र जोश हेजलवुडले उत्कृष्ट प्रदर्शन गर्दै समान ३-३ विकेट लिएका थिए।

जवाफमा १०२ रनको सामान्य लक्ष्य आरसीबीले १० ओभरमै २ विकेट गुमाएर १०६ रन बनाउँदै भेट्टायो। ओपनर फिल साल्टले अविजित ५५ रनको अर्धशतकीय पारी खेल्दै टिमलाई सहज जित दिलाए। कप्तान विराट कोहलीले भने १२ रन मात्र बनाउन सके।

यो हारसँगै पञ्जावले अब क्वालिफायर–२ मा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। आईपीएलको फाइनल आगामी जुन ३ मा खेलिनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register