च्याम्पियन्स ट्रफी : भारतसँगको खेलमा पाकिस्तानले टस जित्यो

काठमाण्डौ, ११ फागुन । आईसीसी च्याम्पियन्स ट्रफीमा भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ । दुबईमा टस जितेर पाकिस्तानका कप्तान मोहम्मद रिजवानले पहिलो ब्याटिङ रोजेका छन् । पाकिस्तानलाई यो खेल जित्नैपर्ने दबाव छ । पाकिस्तान पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने भारतले बङ्गलादेशलाई हराएको थियो । यो खेलमा भारतको टोलीमा कप्तान रोहित शर्मासँगै शुभमन गिल, [...] The post च्याम्पियन्स ट्रफी : भारतसँगको खेलमा पाकिस्तानले टस जित्यो appeared first on Jhapa Online.

Feb 23, 2025 - 09:43
 0
च्याम्पियन्स ट्रफी : भारतसँगको खेलमा पाकिस्तानले टस जित्यो

काठमाण्डौ, ११ फागुन । आईसीसी च्याम्पियन्स ट्रफीमा भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ । दुबईमा टस जितेर पाकिस्तानका कप्तान मोहम्मद रिजवानले पहिलो ब्याटिङ रोजेका छन् ।

पाकिस्तानलाई यो खेल जित्नैपर्ने दबाव छ । पाकिस्तान पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने भारतले बङ्गलादेशलाई हराएको थियो ।

यो खेलमा भारतको टोलीमा कप्तान रोहित शर्मासँगै शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, अक्षर पटेल, केएल राहुल, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, हर्षित राना, मोहम्मद शमी र कुलदीप यादव छन् ।

यस्तै पाकिस्तानको टोलीमा कप्तान मोहम्मद रिजवानसँगै इमा–उल–कल, बाबर आजम, सउद शकील, सलमान अघा, तय्यब ताहिर, खुश्दिल शाह, शाहीन अफ्रिदी, नसीम शाह, हरिस रउफ र अब्रार अहमद छन् ।

आईसीसी च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीच अहिलेसम्म ५ पटक भेट भएकोमा पाकिस्तान ३ खेल र भारत २ खेलमा विजयी भएको छ । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबीच अहिलेसम्म १ सय ३५ पटक भेट भएकोमा पाकिस्तान ७३ खेल र भारत ५७ खेलमा विजयी भएको छ ।

दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा तथा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।

The post च्याम्पियन्स ट्रफी : भारतसँगको खेलमा पाकिस्तानले टस जित्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register