निजी र सामुदायिक अस्पतालका बिरामीलाई नि:शुल्क रगत उपलब्ध गराउन कानुनी जटिलता : मुख्यमन्त्री आचार्य

बुटवल  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको छ । संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने रक्तसञ्चार केन्द्रमा शनिबार २ सय ९७ जनाले रक्तदान गरेका छन् ।  केन्द्रको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिरामीलाई नयाँ […]

May 31, 2025 - 15:21
 0
निजी र सामुदायिक अस्पतालका बिरामीलाई नि:शुल्क रगत उपलब्ध गराउन कानुनी जटिलता : मुख्यमन्त्री आचार्य

बुटवल 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको छ । संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने रक्तसञ्चार केन्द्रमा शनिबार २ सय ९७ जनाले रक्तदान गरेका छन् ।

 केन्द्रको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान गरे । अस्पतालले अन्य स्वास्थ्य संस्थाहरुमा समेत रगत उपलब्ध गराउन सक्ने क्षमतासहित रक्तसञ्चार केन्द्र स्थापना भएको बताउँदै दिर्घकालिन सञ्चालनमा जोड दिए । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारे पनि निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिइरहेको उल्लेख गरे । 

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताललाई सरकारले बुटवल मात्रै नभई सिँगो प्रदेशको आर्थिका आधारको रुपमा लिएको बताए । अस्पतालको स्तरोन्नती र गुणस्तरीय सेवा प्रभाहमा भएका प्रगतिले पनि यस तथ्यलाई प्रमाणित गर्ने उल्लेख गरे  ।

अस्पतालमा निर्माणाधिन भवनको काम सम्पन्न गर्नका लागि ६ अर्ब बढी लगानी लाग्ने बताउँदै उनले यसका लागि आवश्यक स्रोत व्यवस्थापन र कार्यान्वयनमा सरकार गम्भीर रहेको उल्लेख गरे । 

रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारीले अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनासँगै अब यसको सञ्चालनको सम्पूर्ण जिम्मेवारीमा अस्पतालले ध्यान दिनुपर्नेमा जोड दिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register