हेनरिक क्लासेनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । दक्षिण अफ्रिका क्रिकेट टोलीका ब्याट्सम्यान हेनरिक क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो सन्यासको घोषणा गरेका हुन् । क्लासेनले इन्स्टाग्राममा लेखेका छन्, “आज मेरो लागि दुखद् दिन हो किनकि म घोषणा गर्दछु कि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु । म र मेरो परिवारको भविष्यको […]

Jun 2, 2025 - 11:36
 0
हेनरिक क्लासेनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । दक्षिण अफ्रिका क्रिकेट टोलीका ब्याट्सम्यान हेनरिक क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो सन्यासको घोषणा गरेका हुन् ।

क्लासेनले इन्स्टाग्राममा लेखेका छन्, “आज मेरो लागि दुखद् दिन हो किनकि म घोषणा गर्दछु कि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु । म र मेरो परिवारको भविष्यको लागि के उत्तम हुन्छ भनेर निर्णय गर्न मलाई धेरै समय लाग्यो । यो साँच्चै धेरै गाह्रो निर्णय थियो, तर अब म यसबाट पूर्ण रूपमा सन्तुष्ट छु ।”

उनले ६० एकदिवसीय खेलमा ४३.६९ को औसतमा २१४१ रन बनाएका छन्, जसमा उनको उच्चतम स्कोर १७४ थियो । साथै, ५८ टी-२० अन्तर्राष्ट्रिय खेलमा उनले १४१.८५ को स्ट्राइक रेटमा १००० रन बनाएका छन् ।

यसअघि क्लासेनले जनवरी २०२४ मा टेस्ट क्रिकेटमा केवल चार खेल खेलेपछि टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register