युवराज सङ्ग्रौलाले गरेको यौन दुर्व्यवहारविरुद्ध बोल्न केएसएलका पूर्वविद्यार्थीको आह्वान

काठमाडौं । काठमाडौं स्कूल अफ ल (केएसएल)का पूर्व विद्यार्थीले कलेजमा भएको यौन दुर्व्यवहारको घटनाको विरोध गरेका छन् । कलेजमा अध्ययनरत एक छात्राले आफूमाथि कलेका कार्यकारी निर्देशक तथा पूर्व महान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले यौन दुर्व्यवहार गरेको भन्दै कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । उजुरीमाथि सुनुवाइ नभएपछि उनले सामाजिक सञ्जालमार्फत आफूले कलेजमा यौन दुर्व्यवहार भोग्नुपरेको कुरा सार्वजनिक गरेकी […]

Mar 15, 2025 - 10:11
 0
युवराज सङ्ग्रौलाले गरेको यौन दुर्व्यवहारविरुद्ध बोल्न केएसएलका पूर्वविद्यार्थीको आह्वान

काठमाडौं । काठमाडौं स्कूल अफ ल (केएसएल)का पूर्व विद्यार्थीले कलेजमा भएको यौन दुर्व्यवहारको घटनाको विरोध गरेका छन् ।

कलेजमा अध्ययनरत एक छात्राले आफूमाथि कलेका कार्यकारी निर्देशक तथा पूर्व महान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले यौन दुर्व्यवहार गरेको भन्दै कलेज प्रशासनमा उजुरी दिएकी थिइन् ।

उजुरीमाथि सुनुवाइ नभएपछि उनले सामाजिक सञ्जालमार्फत आफूले कलेजमा यौन दुर्व्यवहार भोग्नुपरेको कुरा सार्वजनिक गरेकी थिइन् ।

यो घटनापछि केएसएलका १४९ जना पूर्व विद्यार्थीले विज्ञप्ती जारी गरेर शैक्षिक संस्थामा अपमानजनक, यौन टिप्पणी, समलिङ्गी टिप्पणी, धम्की, महिलाप्रति घृणा र उत्पीडन गरिएको भन्दै खेद प्रकट गरेका छन् । शैक्षिक संस्थामा यस्ता घटना हुन दुर्भाग्यपूर्ण भएको उनीहरुले बताएका छन् ।

यसका साथै आफूहरु पीडित छात्राको साथमा उभिएको पनि पूर्व विद्यार्थीहरुले बताएका छन् । कानुन पढाउने संस्थामा नै अपमानजनक टिप्पणी हुनु, यौन दुर्व्यवहारजस्ता घटना हुनुले कानुन पढाउने संस्थाको उदेश्यमाथि नै प्रश्न उठाएको उनीहरुको भनाइ छ ।

यसबाहेक पूर्व विद्यार्थीले यस घटनामा निष्पक्ष छानबिनको माग गरेको छ । र, भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक कदम चाल्न पनि अनुरोध गरेका छन् । विद्यार्थीहरुले ‘कानुन व्यवसायी, विद्यार्थीहरुलाई दुर्व्यवहारको विरुद्धमा बोल्न र न्यायको पक्षमा उभिने आफ्नो नैतिक कर्तव्यलाई पुनः पुष्टि गर्न आग्रह’ गरेका छन् ।

केएसएलका कार्यकारी निर्देशक सङ्ग्रौला २ फागुन ०६७ देखि १२ भदौ ०६८ सम्म महान्यायाधिवक्ता थिए । सङ्ग्रौलाले विद्यार्थीसँग असहज हुनेगरी कुराकानी गर्ने गरेको, यौनका विषयमा अशोभनिय टिप्पणी गरेको ती छात्राको आरोप छ ।

छात्राका अुनसार सङ्ग्रौलाले एकपटक उनलाई प्रेमि नबनाउन सुझाएका थिए । सङ्ग्रौलाले भनेको कुरा भन्दै लेखेकी छिन्, ‘पुरुषसँग नसुत्नु, विवाह गर्नु र सम्बन्धबाट टाढै रहनु किनभने सबै प्रेमी यौन चाहन्छन् ।’

यति मात्र होइन सङ्ग्रौलाले महिलाको शरीरबारे बारम्बार टिका–टिप्पणी गर्ने गरेको र, महिलाको शरीर हेरेर भविष्यमा उनीहरुले जन्माउन सक्ने बच्चाको आकारबारे अनुमान गर्ने गरेको आरोप लगाएकी छिन् ।

सङ्ग्रौलाले LGBTQI अधिकारको पक्षमा बोल्ने विद्यार्थीसँग नराम्रो व्यवहार गर्ने गरेको र LGBTQI समुदायमाथि अशोभनीय टिप्पणी गर्ने गरेको आरोप लगाएकी छिन् ।

ती छात्राका अनुसार एकपटक प्रश्नको जवाफ दिन नसक्दा सङ्ग्रौलाले ‘तिमिहरुको आमाले तिमिहरुलाई जन्माउनुको सट्टा गर्भपतन गरेको भए हुन्थ्यो’ भनेको अरोप लगाएकी छिन् ।

आफूले सङ्ग्रौलाले गर्ने दुर्व्यवहारका विषयमा कलेज प्रशासनमा लिखित उजुरी दिएको पनि उनले बताएकी छन् । उनले मङ्सिर २७ मा यस विषयमा कलेजमा उजुरी दिएकी थिइन् ।

उजुरी दिँदा पनि कलेज प्रशासनले सुनुवाइ नगरेको उनको आरोप छ । उनी लेख्छिन्, ‘तिमी मलाई फेल गर्न सक्छौ तर, मेरो आवाज बन्द गर्न सक्दैनौ ।’

सङ्ग्रौलाले गर्ने यस्ता टिप्पणी र दुर्व्यवहारको विरोध गर्दा उनले विद्यार्थीलाई निलम्बनको धम्की दिने ती छात्राको आरोप छ ।

यता केएसएलले पनि विज्ञप्ती जारी गरेर आफ्नो संस्थामा कुनै पनि खालका भेदभाव, उत्पीडन तथा दुर्व्यवहारका विषयमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताएको छ ।

सम्बन्धित सामग्री – 

पूर्व महान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले ‘यौन दुर्व्यवहार’ गरेको विद्यार्थीको आरोप

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register