सार्वजनिक यातायात बन्द: सर्वसाधारण मर्कामा, राइड सेयरिङलाई फाइदा (तस्विरहरू)

काठमाडौँ। सार्वजनिक यातायात बन्दका कारण सर्वसाधारण मर्कामा परेका छन् । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण मंगलबार दोस्रो दिन पनि सर्वसाधारण मर्कामा परेका हुन् । सार्वजनिक गाडी नभएपछि राइड सेयरिङ गर्नेहरुलाई भने फाइदा पुगेको छ। सधैँ गाडीले खचाखच भइरहने बस स्टपहरुमा पठाओ, इन्ड्राइभ जस्ता राइड सेयरिङ सवारीसाधनहरु देखिन्छन् । मयुर यातायात, थानकोट जाने […]

Jun 3, 2025 - 09:16
 0
सार्वजनिक यातायात बन्द: सर्वसाधारण मर्कामा, राइड सेयरिङलाई फाइदा (तस्विरहरू)

काठमाडौँ। सार्वजनिक यातायात बन्दका कारण सर्वसाधारण मर्कामा परेका छन् । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण मंगलबार दोस्रो दिन पनि सर्वसाधारण मर्कामा परेका हुन् ।

सार्वजनिक गाडी नभएपछि राइड सेयरिङ गर्नेहरुलाई भने फाइदा पुगेको छ। सधैँ गाडीले खचाखच भइरहने बस स्टपहरुमा पठाओ, इन्ड्राइभ जस्ता राइड सेयरिङ सवारीसाधनहरु देखिन्छन् ।

मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरु चलेका छन्। यसैगरी साझा यातायातका बसहरु पनि चलिरहेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज पनि दुइटा रुटमा नि:शुल्क बस चलाएको छ।

सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भए पनि यातायात व्यवसायीले आज पनि सार्वजनिक सवारीसाधन नचलाएका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register