झापाको बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभर पुष्टि

झापा, २४ जेठ । झापाको मेचीनगरस्थित एक बंगु फार्ममा मरेका बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि भएको छ । मेचीनगर नगरपालिकाका पशु सेवा शाखा प्रमुख बिक्रम गुरुङले पशु सेवा विभागको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँले मेचीनगर–६, रमाइलो गाउँ स्थित बबिता बङ्गुर फार्मका बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि गरेको जानकारी दिनुभयो । ती बङ्गुरहरूको [...] The post झापाको बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभर पुष्टि appeared first on Jhapa Online.

Jun 7, 2025 - 10:31
 0
झापाको बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभर पुष्टि

झापा, २४ जेठ । झापाको मेचीनगरस्थित एक बंगु फार्ममा मरेका बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि भएको छ ।

मेचीनगर नगरपालिकाका पशु सेवा शाखा प्रमुख बिक्रम गुरुङले पशु सेवा विभागको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँले मेचीनगर–६, रमाइलो गाउँ स्थित बबिता बङ्गुर फार्मका बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि गरेको जानकारी दिनुभयो । ती बङ्गुरहरूको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

मेचीनगर नगरपालिकाले जेठ ११ गते प्रारम्भिक नमूना सङ्कलन गरी विराटनगरस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणको रिपोर्ट शुक्रबार आएको थियो ।

फार्मका ८० वटा बङ्गुर मरेका थिए । फार्मकी सञ्चालक बविता गहतराजले गत वैशाख २७ गतेदेखि बङ्गुरहरू एकपछि अर्को गर्दै मरेको बताउनुभयो । उहाँले जेठ ११ गतेसम्ममा ८० वटा बङ्गुर मरेको बताउनुभयो ।

The post झापाको बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभर पुष्टि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register