आज शिक्षक र सरकारबीच वार्ता

झापा, १३ बैशाख । आन्दोलनरत शिक्षकहरूलाई लक्षित गर्दै सरकारले डाकेको वार्ता आज बिहान ७ः३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुँदैछ। नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता हुनेछ । मन्त्रालयले आइतबार साँझ नेपाल शिक्षक महासंघलाई पत्र पठाएर अध्यक्षसहित अन्य पदाधिकारीहरूलाई वार्तामा उपस्थित हुन आग्रह गरेको थियो। यसअघि मिति २०८२।१।१२ गतेका लागि तय गरिएको छलफल [...] The post आज शिक्षक र सरकारबीच वार्ता appeared first on Jhapa Online.

Apr 26, 2025 - 02:35
 0
आज शिक्षक र सरकारबीच वार्ता

झापा, १३ बैशाख । आन्दोलनरत शिक्षकहरूलाई लक्षित गर्दै सरकारले डाकेको वार्ता आज बिहान ७ः३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुँदैछ। नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता हुनेछ ।

मन्त्रालयले आइतबार साँझ नेपाल शिक्षक महासंघलाई पत्र पठाएर अध्यक्षसहित अन्य पदाधिकारीहरूलाई वार्तामा उपस्थित हुन आग्रह गरेको थियो। यसअघि मिति २०८२।१।१२ गतेका लागि तय गरिएको छलफल कुनै कारणवश हुन नसकेपछि आजका लागि सारिएको हो।

सरकारले सम्मानित सर्वोच्च अदालतबाट प्राप्त आदेशलाई समेत ध्यानमा राख्दै आन्दोलनरत शिक्षकहरूका समस्याहरू वार्ता र संवादबाट समाधान गर्न कदम चालेको जनाएको छ।

यस वार्ताबाट के निष्कर्ष निस्कन्छ भन्नेमा शिक्षकहरू र सरकार दुवै पक्षको चासो केन्द्रित छ। तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

The post आज शिक्षक र सरकारबीच वार्ता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register