भदौ २७ र २८ मा मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता, विजेतालाई पाँच लाख

बिर्तामोड, २७ जेठ । झापामा मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बडी ग्यारेज बिर्तामोडको आयोजनामा भदौ २७ र २८ गते तेस्रो संस्करण अन्तरगतको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता हुने भएको हो । पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुने प्रतियोगिताका संयोजक राम दाहालले जानकारी दिनुभयो । [...] The post भदौ २७ र २८ मा मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता, विजेतालाई पाँच लाख appeared first on Jhapa Online.

Jun 10, 2025 - 11:49
 0
भदौ २७ र २८ मा मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता, विजेतालाई पाँच लाख

बिर्तामोड, २७ जेठ । झापामा मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

बडी ग्यारेज बिर्तामोडको आयोजनामा भदौ २७ र २८ गते तेस्रो संस्करण अन्तरगतको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता हुने भएको हो । पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुने प्रतियोगिताका संयोजक राम दाहालले जानकारी दिनुभयो ।

पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुनेछ ।

प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगद तीन लाख रुपैयाँ, तेस्रो हुनेले दुई लाख, चौथो हुनेले एक लाख रुपैयाँ पाउनेछ । पाँचौँ हुनेले नगद ७५ हजार रुपैयाँ र छैटौँ हुनेले नगद ५० हजार रुपैयाँ पाउने प्रतियोगिताका अर्का संयोजक दिपेन चौधरीले बताउनुभयो ।

हरेक तौल समूहका दोस्रो हुने खेलाडीले नगद पाँच हजार र तेस्रो हुने खेलाडीले नगद तीन हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा देशभरबाट दुई सयजना खेलाडीहरूले सहभागिता जनाउने संयोजक दाहालले बताए । प्रतियोगिताको सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

दोस्रो मिस्टर कञ्चनजंघा शरीरिक सुगठन प्रतियोगिताको उपाधि दिलिपकुमार चौधरीले जितेका थिए । डिएनपी फिटनेस गाईघाटका उनी ६५ केजी तौल समूहबाट सहभागी थिए । अघिल्लो संस्करणलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको थियो ।

शारीरिक सुगठन संघका कोशी अध्यक्ष तथा प्रतियोगिताका अध्यक्ष आदित्य पराजुलीले प्रतियोगिता सम्पन्न गर्न चुनौती भए पनि प्रतियोगिता भव्यताका साथ सफल बनाउने बताउनुभयो । प्रतियोगिताले खेल खेलाडीको प्रबद्र्धन गर्ने भएकाले सबैले सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतियोगिताका बारेमा जानकारी दिन आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका सल्लाहकार सुवास भट्टराई, बिर्तामोड उद्योग बाणिज्य संघका कोषाध्यक्ष युवराज निरौला, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, झापा जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष दिप साउदेन लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै प्रतियोगिता सफल पार्न आआफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिद्धता जनाका छन् ।

सोही अवसरमा काठमाडौँमा हालै सम्पन्न प्रज्ञा स्मृति शारीरिक सुगठन प्रतियोगितामा पुरस्कार जित्ने बडी ग्यारेजका खेलाडी प्रेमराज राजवंशी, अभिषेक राजवंशी र हरीश राजवंशीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक दिपेन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा औचित्यमाथि संयोजक राम दाहालले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार रमेश तिवारीले गर्नुभएको थियो ।

The post भदौ २७ र २८ मा मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता, विजेतालाई पाँच लाख appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register