‘पूँजी बजारलाई मजबुत बनाउने मौद्रिक नीति आउनुपर्छ’- बोर्ड अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूँजी बजारलाई मजबुत बनाउने खालको मौद्रिक नीति आउनुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले पूँजी बजारलाई मौद्रिक नीतिले प्रत्यक्ष असर गर्ने भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीति पूँजी बजारलाई मजबुत बनाउने खालको आउनुपर्नेमा जोड दिएका […]

Jun 10, 2025 - 12:21
 0
‘पूँजी बजारलाई मजबुत बनाउने मौद्रिक नीति आउनुपर्छ’- बोर्ड अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूँजी बजारलाई मजबुत बनाउने खालको मौद्रिक नीति आउनुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले पूँजी बजारलाई मौद्रिक नीतिले प्रत्यक्ष असर गर्ने भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीति पूँजी बजारलाई मजबुत बनाउने खालको आउनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, बोर्ड अध्यक्ष श्रेष्ठले नेपाल राष्ट्र बैंकले लिने नीति तथा निर्णयले सम्पूर्ण वित्तीय प्रणालीमा असर गर्ने भन्दै आगामी नीति व्यापक छलफलपछि मुलुकको आवश्यकताका आधारमा ल्याइनुपर्ने पनि बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register