एअर इन्डियाको विमान दुर्घटना : कुन देशका कति नागरिक सवार थिए ?

काठमाडौं । भारतमा दुर्घटना भएको एअर इन्डियाको विमानमा २४२ जना यात्रु सवार रहेको खुलेको छ । एअर इन्डियाले एक्समार्फत् यसबारे जानकारी दिएको हो । विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, सात जना पोर्चुगलका र एक जना क्यानडाको नागरिक रहेको एअर इन्डियाले जनाएको छ । घाइतेहरूलाई उद्दार गरेर नजिकैको अस्पतालमा लगिएको छ । दुर्घटना […]

Jun 12, 2025 - 12:26
 0
एअर इन्डियाको विमान दुर्घटना : कुन देशका कति नागरिक सवार थिए ?

काठमाडौं । भारतमा दुर्घटना भएको एअर इन्डियाको विमानमा २४२ जना यात्रु सवार रहेको खुलेको छ । एअर इन्डियाले एक्समार्फत् यसबारे जानकारी दिएको हो ।

विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, सात जना पोर्चुगलका र एक जना क्यानडाको नागरिक रहेको एअर इन्डियाले जनाएको छ ।

घाइतेहरूलाई उद्दार गरेर नजिकैको अस्पतालमा लगिएको छ ।

दुर्घटना भएको मेघानीनगर आईजी कम्प्लेक्सबाट कालो धुवाँको मुस्लो उडिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले यस क्षेत्र जाने सबै सडकहरू बन्द गरिएको छ ।

उक्त विमान अहमदाबादबाट लन्डन जाँदै थियो र अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयपछि मेघानीनगर नजिकै दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थलबाट मेघानीनगरको दूरी लगभग १५ किलोमिटर छ । दुर्घटना लगत्तै ७ वटा दमकलका गाडी घटनास्थलमा पुगेर आगो निभाउन थालेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register