नेपाल र भारतबीच रणनीतिक संवाद : ऊर्जा, व्यापार, सुरक्षालगायत विषयमा छलफल

काठमाडौं । दुई निकटतम् छिमेकी देश नेपाल र भारतबीच रणनीतिक रणनीतिक संवाद कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको एक होठलमा बिहीबार भएको उक्त कार्यक्रममा ऊर्जा, व्यापार, सुरक्षा, र डिजिटल नवप्रवर्तनका विषयमा छलफल भएको थियो । सेन्टर फर सोसियल इनोभेसन एन्ड फरिन पोलिसी (सीईएसआईएफ) नेपाल र अनन्त अस्पेन सेन्टर (एएसी) भारतको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा […]

Jun 12, 2025 - 15:01
 0
नेपाल र भारतबीच रणनीतिक संवाद : ऊर्जा, व्यापार, सुरक्षालगायत विषयमा छलफल

काठमाडौं । दुई निकटतम् छिमेकी देश नेपाल र भारतबीच रणनीतिक रणनीतिक संवाद कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको एक होठलमा बिहीबार भएको उक्त कार्यक्रममा ऊर्जा, व्यापार, सुरक्षा, र डिजिटल नवप्रवर्तनका विषयमा छलफल भएको थियो ।

सेन्टर फर सोसियल इनोभेसन एन्ड फरिन पोलिसी (सीईएसआईएफ) नेपाल र अनन्त अस्पेन सेन्टर (एएसी) भारतको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा दुवै देशका उच्चस्तरीय नीति–निर्माता, कूटनीतिज्ञ, विज्ञ तथा उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सीएसआईएफका कार्यकारी अध्यक्ष पूर्वराजदूत विजयकान्त कर्ण र एएसीकी प्रमुख इन्द्राणी बागचीले गरेका थिए । पूर्वराजदूत कर्णले भारत–नेपाल सम्बन्धलाई संस्थागत संवादमार्फत अझ प्रगाढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै ऊर्जा, व्यापार, डिजिटल नवप्रवर्तनलगायतका क्षेत्रमा सहकार्यद्वारा साझा समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।

एएसीकी प्रमुख बागचीले अहिलेको समय क्षेत्रीय तथा विश्व परिवेशका हिसाबले निर्णायक रहेको बताउँदै भविष्यप्रति केन्द्रित र सहकार्यमा आधारित सम्बन्ध आवश्यक रहेको उल्लेख गरिन् । उनले डिजिटल प्रविधि र नयाँ प्रविधिमा सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याइन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल–भारत सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले दुवै देशबीचको व्यापार, ऊर्जा, डिजिटल भुक्तानी र जनस्तरको सम्बन्ध विस्तार भएको उल्लेख गर्दै नेपालबाट भारतमा विद्युत् निर्यात र नेपालमा भारतको यूपीआई प्रणालीको प्रयोगलाई सकारात्मक उदाहरणको रूपमा प्रस्तुत गरे ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. अर्जुना राणा देउवाले जलवायु परिवर्तन, भूराजनीतिक परिवर्तन र प्रविधिको तीव्र विकासजस्ता चुनौतीबीच नेपाल–भारत सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिइन् । उनले पञ्चेश्वर जलविद्युत् परियोजनामा भएको प्रगतिलाई उदाहरण दिँदै भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने साझा लक्ष्यप्रति प्रतिबद्धता दोहोर्याइन् ।

कार्यक्रममा रणनीतिक तथा सुरक्षा सहकार्य, ऊर्जा सहकार्य तथा जलवायु परिवर्तनलगायत चारवटा विषयगत सत्र सञ्चालन गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register