चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

काठमाडौं । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाले पीडित दाहालको सोमबार चाबहिलस्थित दीर्घायु अस्पतालमा निधन भएको हो । पञ्चायतकाल अर्थात् २०३८ वैशाख २० गते भएको निर्वाचनमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिइन् । दाहालले ६५ हजार सात सय ७७ मत ल्याएकी […]

Feb 11, 2025 - 00:12
 0
चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

काठमाडौं । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाले पीडित दाहालको सोमबार चाबहिलस्थित दीर्घायु अस्पतालमा निधन भएको हो ।

पञ्चायतकाल अर्थात् २०३८ वैशाख २० गते भएको निर्वाचनमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिइन् । दाहालले ६५ हजार सात सय ७७ मत ल्याएकी थिइन् ।

श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा जोरपाटी गाउँ पञ्चायतको उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् ।

अविवाहित दाहाल बहिनीको घरमा बस्ने गरेको गोकर्णेश्वर नगरपालिका–६ का पूर्ववडाध्यक्ष रमेश अर्यालले जानकारी दिए । उनको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register