रोकिराखेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पर्सा । वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा शुक्रबार बिहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सिर्सियाबाट ड्राइपोर्टतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको ट्रकको […]

Jun 13, 2025 - 08:49
 0
रोकिराखेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पर्सा । वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा शुक्रबार बिहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सिर्सियाबाट ड्राइपोर्टतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।

“बिग्रिएर सडकमै रोकिएको ट्रकसँगको ठक्करमा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ”, उनले भने । सो दुर्घटना शुक्रबार विहान ५ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैया टोलका २३ वर्षे रामाकान्त यादव र सोही ठाउँका विजय यादव छन् भने सोही ठाउँका २२ वर्षे विजयकुमार यादवको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । – रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register